Websoft University

अध्यक्ष दाहालद्वारा विभिन्न सडकको शिलान्यास


काठमाडौ असार ३० गते । रातो तारा डट कम, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवन हिजो छुट्टाछुट्टै विभिन्न सडकको शिलान्यास गर्नुभयो । शहरी विकास मन्त्रालयले सघन शहरी विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगर क्षेत्रमा ठेक्का लगाइएका रिङरोड र लिङक रोडको शिलान्यास गरिएको हो । शिलान्यास गरिएको सबै सडक आयोजना चितवन क्षेत्र नं. ३ मा पर्दछन् । जहाँबाट दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वा्चित हुनुभएको छ ।

शिलान्यास गरिएका सडकमध्ये भरतपुरको गोन्द्राङदेखि वडा नं. २२ र २३ को सीमा क्षेत्रसम्म छ दशमलव पाँच किलोमिटर रिङरोडको निर्माणका लागि रु २४ करोड चार लाख एक हजार ४७८ मा ठेक्का दिइएको छ ।

यसैगरी कैलाशचोकदेखि चनौली बजारसम्म तीन दशमलव ४७२ किलोमिटर लिङकरोडका लागि रु ११ करोड १४ लाख ९१ हजार १५, महेन्द्रचोकदेखि तेलौली रोडसम्म छ दशमलव ६४१ किलोमिटर सडक रु १८ करोड ३३ लाख ४० हजार ९४ मा ठेक्का दिइएको हो ।

त्यस्तै पुलचोकदेखि रामघाटसम्म एक दशमलव ९०८ किलोमिटर रिङरोड सडक र महेन्द्रचोकदेखि तेलौलीसम्मको नौ दशमलव एक सय किलोमिटर सडकका लागि शहरी विकास मन्त्रालयले रु दुई अर्ब बजेट विनियोजन गरिएको छ । तीमध्ये महेन्द्रचोकदेखि तेलौलीसम्मको सडक निर्माणका लागि रु ३६ करोड ५९ लाख २१ हजार ५१२ मा ठेक्का दिइएको जनाएको छ ।

यसैगरी सोही सडकको दोस्रो खण्डअन्तर्गत तीन दशमलव ५६० किलोमिटर सडकका लागि रु नौ करोड ६९ लाख ११ हजार ४६६ मा ठेक्का दिइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

प्रमुख दाहालका अनुसार, डेरीचोकदेखि अतिथि पार्टी प्यालेसम्म एक दशमलव एक सय किलोमिटर सडकका लागि रु दुई करोड ८७ लाख ६७ हजार ५३६, नारायणगढ दियालो रोडको ७७० मिटर सडकका लागि रु तीन करोड ८२ लाख ७६ हजार ६२२, शिवनगरदेखि जानकी चोक हुँदै पकडी रोडसम्म सात दशमलव ७१ किलोमिटर सडकका लागि रु १६ करोड २३ लाख ९४ हजार ९९९ र शहीद चोकदेखि कचपचे चोकसम्म तीन दशमलव १०८ किलोमिटर सडकका लागि रु १८ करोड ६३ लाख ७९ हजार ७८१ मा ठेक्का दिइएको छ ।

यसैगरी मुक्तराज चोकदेखि २५ नं. वडा कार्यालयसम्म नौ दशमलव ५३९ किलोमिटर सडकका लागि रु २७ करोड ३५ हजार ७९८ र पुलरचोकदेखि गंगानगरसम्म दुई दशमलव ९२६ किलोमिटर सडकका लागि रु आठ करोड २२ लाख ७८ हजार ५८८ मा ठेक्का दिइएको प्रमुख दाहालले बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनका प्रमुख कुमार घिमिरेले सघन सहरी विकास कार्यक्रमअन्तर्गत विभागले भरतपुर महानगरमा विकास निर्माणका विभिन्न काम गर्न लागेको बताउनुभयो । कालोपत्रे गरिने ५९ किलोमिटर सडकमध्ये दायाबाया गरी विभिन्न सडकमा ३० किलोमिटर ढल समेत रहेको उहाँले बताउनु
भयो । बहुवर्षिय आयोजनाअन्तर्गत रहेका ती सडकहरू २०७७ को असार मसान्तसम्ममा काम सक्नुपर्ने गरी ठेक्का लगाइएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.