बिराटनगर बैशाख २७ गते । रातो तारा डट कम,
प्रदेश नं. १ को प्रदेशसभा बैठकमा बोल्दै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बूले मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसरहरु बन्द गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
उहाँले मोरङमा संचालनमारहेका २२ वटा क्रसर उद्योगमध्ये ८ वटा मात्रै दर्तामा रहेको भन्दै त्यसखालका उद्योग बन्द गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको हो । उहाँले अवैध रुपमा उद्योगहरुले जथाभाबी उत्खनन् गरिरहेको विषयमा सरकारको ध्यान जान नसकेको गुनासो पनि गर्नुभएको छ ।
के छ,मापदण्ड-क्रसर उद्योग राजमार्गबाट ५०० मिटर, खोला किनारबाट ५०० मिटर, हाई टेन्सन लाईनबाट १०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट २ कि।मि दुरीमा उद्योग रहनुपर्ने सरकारले मापदण्ड तोकिएको छ ।
नियममा खानी तथा क्रसर उद्योग संचालन गर्दा अनिवार्य रुपमा वातावरण संरक्षण ऐन, २०५३ र नियमावली, २०५४ को प्रावधानअनुसार प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नु पर्दछ ।
खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली, २०५६ अन्तर्गत खनिज कार्य गर्न चाहने व्यक्तिले खानी तथा भूगर्भ विभागको अनुमति लिनुपर्ने र अनुमतिप्राप्त गरेको व्यक्तिले खनिज कार्य गर्दा वातावरणमा प्रतिकूल असर पार्न नहुने लगायतका विभिन्न प्रक्रिया तथा शर्तहरूको पालना गर्नुपर्ने बाध्यकारी नियमको व्यवस्था गरेको छ । तर यी कुनै नियमको
पालना गरेको भने पाइएन ।
Post a Comment