Websoft University

हावा हुरीले घर भत्काउन भिताले किचेर एकको मृत्यु

श्याम राई-उदयपुर-गाईघाट, बैशाख २६ गते । रातो तारा डट कम,असिना पानीसँगै चलेको हावाहुरीका कारण बुधबार उदयपुरमा एक बृद्धाको मृत्यु भएको छ ।

विहान पख चलेको तीब्र हावा हुरीले घर भत्कदा उदयपुरको कटारी नगरपालिका वडा न. १ कालिखोलाकी ६५ वर्षिया आईतमाया माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुर डि.एस.पी मेघराज अधिकारीले बताए ।

हुरीले घर भत्किदा भित्ताले किचेर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरि हावा हुरीले घर भत्कदा बेलका नगरपालिका ५ तिलवारीकी डिक माया मगर गम्भिर रुपमा घाईते भएकी छिन ।

विहान ४ बजेदेखि चलेको हावा हुरीले जिल्लामा विद्यालय भवन, घर, टहरा , वडा कार्यालय र सामुदायिक वन उपभोक्त समितिका भवनमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

     

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.