कुमोद अधिकारी -विराटनगर, वैशाख २६ गते । रातो तारा डट कम,प्रदेशमा रहेका महिलाहरुलाई विदेशमा रोजगारीका लागि नारकिय जीवनविताउनुको सट्टा स्वदेशमा सम्मानित , मर्यादादित रुपमा घरेलुका कामदारको लागि रोजगारी उपलव्ध गराउन एक संस्थाले यहाँ कार्य शुरु गरेको छ ।
विराटनगर –२ स्थित “सुलभ समाधान “ प्रालिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी घरेलु कामका लागि प्रशिक्षित रुपमा विभिन्न १६ कार्यका लागि महिला कामदार उपलव्ध गराउने जानकारी दिइयो ।
प्रालिका अध्यक्ष तेजराज कोइरालाले संस्थाले हाउस मेड, भान्साको कार्य र अन्य सेवाका लागि न्यूनतम शुल्कमा मासिक तथा दैनिक रुपमा सेवाका लागि दक्ष एवम् प्रशिक्षित कामदार उपलव्ध गराउने भएको छ।
प्रालिले घर तथा कायालय सफासुग्घर, भाँडा सफागर्ने, वृद्धावृद्धा वालवालिका र अपाङ हेरविचार, स्याहारसुसार,सुन्तेकर र नवजात शिशुलाई तेल वगाई, कपडा सफा , पपुराा, विाह पार्टी, पूजा आजा र प्रसार्द वनाउने, वगैजा, करेवावासीको कार्य गर्न माली रहेको छन् ।
यस्तै भान्सा तथा चियानास्ता खाना वनाउने,घरेलु शिक्षक,स्वास्थ्यसेविका, अस्पतालमा विामी कुरावा, हेरविचार, कार्यालय सहयोग,विद्यालय, धर्मशाला, देवायल, अस्पताल सफा कार्य गर्ने, महिला चालक,शिशु कक्षाका विद्यार्थी अध्यापन,महिला चौकीदार आदि कार्यका कामदार उपलव्ध गराउने वताइएको छ।
प्रालिका गंगावहादुुुर श्रेष्ठले अदक्ष महिला कामदारलाई तालीम प्रदान गरी दक्ष र मर्यादतिरुपमा कार्य गर्ने वनाउने गरेको छ ।
प्रालिले सुरक्षाको प्रत्याभूतिका साथ कामदार उपलव्ध गराउनका साथै प्रदेश नं १ भित्र सेवा उपलव्ध गराएको छ।
Post a Comment