बिराटनगर,बैशाख २६ गते । रातो तारा डट कम, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश प्रसाद पोखरेलले बिराटनगरमा आज पत्रकार सम्मेलन गरेर १ नम्वर प्रदेशको यहाँ स्थायी राजधानी बनाउन आफुले सहयोग गरिरहको जानकारी गराउनु भएकोछ ।
१ नम्वर प्रदेशको अस्थायी मुकाम तोकिए देखिनै जिल्ला समन्वयसमिति मोरङले प्रदेश सभा संन्चालन गर्नका लागि सभा हल उपलब्द गराइ सकेको जानकारी गरानु भयो ।
जिल्ला संमन्वय समिति मोरड, प्रत्येक्ष जनताहरु संग सरोकार राख्ने अडडा, भएकाले सुरक्षाको दृष्टीले पनि एकै ठाउँनमा सर्वसाधारण नागरिक सेवाग्राही र प्रदेश सभा, प्रदेश सचिवालय रहन नसक्ने भएकाले समन्वय समितिको २०७५ साल बैशाख २२ गते को निणर्य अनुसार जिल्ला संमन्वय समितिको मुख्य प्रशासनिक सम्पुर्ण भवन प्रदेश सभालाई उपलब्ध गराएको जानकारी गराउनु भयो ।
हामीले गरेको सहयोगबाट बिराटनगरलाई स्थायी राजधानी बनाउन सहयोग पुग्ने पनि आफुले बिश्वास लिएको जानकारी गराउनु भयो ।
हाल जिल्ला समन्वय समितिको नाममा बिराटनगरमा १-४-०,
रहेको र १ बिगाहमा बनेका तीन आवास समेत प्रदेश सभाले पाउने र ४-०-० मा बने भवनमा कम्पाउड घेरेर जिल्ला समन्वय समिति १० दिन भित्र सर्ने जानकारी गराउनु भयो ।
Post a Comment