शिव भट्टराई - चैत ३० गते । रातो तारा डट कम,
मोरङ्गको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसमा एकदिने अन्तरकृया कार्यक्रम भएको छ। क्याम्पसमा २१औँ शताव्दीको उच्च शिक्षा सिद्वान्त र अभ्यास सम्बन्धी अन्तरकृया भएको हो।
कार्यक्रममा काठमाण्डौ बिश्वबिद्यालयका स्कुल अफ एजुकेशनका बिनोदप्रसाद पन्त र दुर्गाप्रसाद ढकालले सिद्वान्त र अभ्यासका बारेमा प्रकाश पार्नुभएको थियो। उहाँहरुले कोरिया, जर्मनी, ओमन, थाईलेण्डका साथै अष्ट्रेलियाको बिश्वबिद्यालयमा सिकाईने प्रविधी र सिड्नीमा काम गरेर आँफुले सिकेको अनुभव क्याम्पसमा अध्यापनरत अध्यापकहरुसँग साट्नुभएको थियो।
पन्तले बिद्यार्थीलाई शिक्षा प्रदान गर्दा माछा मारेर दिनु भन्दा माछा मार्न सिकाउने खालको सिप दिनुपर्ने भन्दै स्वावलम्बी सिप प्रदान गर्न अध्यापकहरुलाई आग्रह गर्नुभयो। उहाँले बिद्यार्थीले पनि राजनीति गर्नु भन्दापनि शिक्षा आर्जन गर्न पट्टि ध्यान पुर्याउनुपर्ने भन्दै राम्रो शिक्षा आर्जन गर्न लाग्नुभयो। कार्यक्रममा क्याम्पसका अध्यापक खेमराज ढकालले सहजीकरण गर्नुभयो।
कार्यक्रममा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले स्वागत मन्तब्य राख्नुभएको थियो भने क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्वमा भएको थियो। कार्यक्रमका सभापति घिमिरेले अन्तरकृयामा सहजीकरण गर्ने पन्त र ढकाललाई मायाको चिनो प्रदान गर्नुभयो।
Post a Comment