Websoft University

किरण राई सहित ७ जना पक्राऊ

(फाएल फोटो)

श्याम राई-उदयपुर-गाईघाट, चैत्र ३० गते ।
रातो तारा डट कम,नेपाल कम्यूनिष्ट पार्टी (विप्लब) का केन्द्रिय सदस्य तथा कोशी व्यूरोईन्चार्ज किरण राई सहित ७ जना पक्राऊ परेकाछन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरबाट राई सहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले चैत्र ५ गते उनीहरूलाई धनकुटाबाट पक्राऊ गरेको थियो । धनकुटा प्रशासन कार्यालयले विहीबार सामान्य धरौटीमा छोडे लगतै उनीहरू पुन पक्राउ परेका हुन् । उनीहरूलाई पक्राउपछि विहीबार रातीनै उदयपुर ल्याईएको
छ । प्रतिनिधि र प्रदेस सभा निर्वाचनको बेला नेपाली कांग्रेसबाट प्रदेस सभामा क्षेत्र न. १  बाट उम्मेदबार बनेका हिमाल कार्कीको घरमा वम विष्फोट गराएको आरोपमा विप्लब माओवादीका ति कार्यकर्ताहरूलाई पक्राऊ
गरिएको प्रहरी श्रोतको भनाई छ ।

 तर प्रहरीले पक्राऊ बारे केही बताएको छैन ।
प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले पक्राउको पुष्टि गरेकाछन् । विहीबार राती धनकुटादेखि उनीहरूलाई ल्याईएको उनले बताए । प्रहरीले विप्लब माओवादी कार्यकर्ता पक्राउ गरेको बारे केही खुलाएकोछैन ।

कार्यकर्ता पक्राऊको विरोधमा नेकपा पूवि कमाण्ड ईन्चार्ज विरहीले प्रेसविज्ञप्ती जारी गरेका छन् । जारी विज्ञप्तीमा सरकारले देशलाई जवरजस्ती द्धन्द तर्फ धकेलिरहेको उल्लेख छ । त्यसैगरि कार्यकर्ता पक्राउको विरोधमा बैशाख ४ गते पूवि कमाण्ड अन्तर्गत जनकपुर, सरगरमाथा, मेची, कोशी
बन्दको घोषणा विज्ञप्ती मार्फत गरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.