श्याम राई-गाईघाट, चैत्र २५ गते । रातो तारा डट कम,त्रियुगा नगरपालिकाको वडा न. ७ चुहाडेस्थीत जेआईसी शर्मा एण्ड लामा क्रसर उद्योगमा आईतबार विहान सुतली बम फेला परेको छ ।
क्रसर उद्योगमा विष्फोट गराउने उदेश्य अनुरुप बम राखिएको प्रहरीले आशंका गरेको छ । बम किन र कस्ले राख्यो भन्ने बारे अझै केही खुल्न सकेको छैन । केही दिन अघि उक्त निर्माण कम्पनीको सवारी साधनमा विप्लब माओवादीका कार्यकर्ताले आँगजनी गरेकोले उक्त समूह माथि वम राखेको आशंका गरिएको छ । तर सो समूहले घटनाको जिम्मेवारी लिएको
छैन ।
ईलाका प्रहरी कार्यालय जलजलेदेखि घटना स्थल करिब ७ किमी उत्तर पश्चिममा पर्छ । प्रहरी उपरिक्षक नवराज भट्टले बम राख्ने व्यक्तिको खोजी भैरहेको बताए ।
Post a Comment