Websoft University

बेलकाको प्रथम वार्षिकोत्सब आज सम्पन्न


बिराटनगर,फागुन २६ गते । रातो तारा डट कम,उदयपुरको बेलका नगरपालिका घोषणा भएको दिन आज नगरपालिकाले नगरवासी जनताहरु संग सरोकार राख्ने बिभिन्न बिषय समेटेर कार्याक्रमहरु सम्पन्न गरेकोछ ।

बेलकाले आर्थिक समृद्घी र सामाजिक न्याय र भौतिक पुर्वाधार सामाजिक परिचालन शुशासन र दिगो विकासको नारालाई बेलका नगरपालिकाले जनताकै सेवाका लागि सडक खानेपानी बिजुली बती, स्वास्थ्य र शिक्षा कृषि रोजगार मुलक तालिम दिने  जस्ता हरेक क्षेत्रमा बेलका नगरपालिका अगि बढेरहेको कुरा मेयर दुर्गा कुमार थापाले आफनो सम्वोधन भन्नु भयो ।

उप मेयर राजकुमारी चौधरीले आजैका दिन गाउँपालिकाबाट बेलका नगरपालिका एक वर्ष अगाडि सरकारले घोषणा गरेको दिन परेकाले नगरको गुनासो सुइााव सुन्न बेलका“नगरको बिकास चुनौति बिषयक”जनप्रतिनिधि र नगरवासिहरु संग अन्तरकृया कार्याक्रम आज राखेको हो भन्नु भएकोछ ।

बेलकाको प्रथम वार्षिकोत्सवमा नगरवासिहरुले राखेका गुनासो सुन्ने र उनीहरुको सुइाावलाई ध्यान दिने बिषय रहेको कुरा बुइिाएकोछ ।

कार्याक्रममा मेयर, उप मेयर, राजकुमारी चौधरी, नेपाली कांग्रेसका सुसिल सेढाई, एमालेका तर्फबाट गणेस बस्नेत,बेलका नगरपालिका न्यायिक समितिका कानुनी सल्लाकार सुरेन्द्र बस्नेतले पनि आ आफना धारणाहरु राख्नु भएको थियो ।

त्यसैगरी वडा नम्वर ९ का वडा अध्यक्ष मोहन घिमिरे, दिपक दगाल,कण श्रेष्ठले पनि सम्बोधन गर्नु भएको थियो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.