Websoft University

पेट्रोलियम डिलर्स १५ ओै साधारणसभा मन्त्री कुशियत द्वारा उद्घाटन

विराटनगर, फागुन २६ गते । रातो तारा डट कम,प्रदेश नम्वर १ का उद्योग, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुशियतले नेपाल आयल निगमको इन्धन भण्डारण क्षमता वृद्धि गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको १५ औं अधिवेशनको शनिबार विराटनगरमा उद्घाटन गर्दै मन्त्री कुसियतले प्रदेशको आवश्यता पुरा गर्नेगरी भण्डारण क्षमता बृद्धि गर्नुपर्ने बताउनुभएको हो ।  
प्रदेश सरकारले भर्खरै आफ्नो काम सुरु गरेको बताउँदै मन्त्री कुसियतले कानुन, स्रोत साधन र पूर्वाधार अभाबमा धेरै काम गर्न नसकिएको उल्लेख गर्नुभयो । प्रदेशलाई समृद्ध बनाउन सरकार र व्यवसायीबीच सहकार्यको खाँचो रहेको पनि उहाँले औल्याउनुभयो ।
कार्यक्रममा निगमको कोशी अञ्चल अन्तर्गतका अधिकृत बिक्रेताहरुले भण्डारण क्षमता वृद्धि गर्नपर्ने माग गरेका थिए । निगमको विराटनगर डिपोमा ६ हजार किलोलिटर पेट्रोल र ८ हजार किलोलिटर डिजेल मात्र भण्डारण गर्नसक्ने सामथ्र्य छ । कम्तिमा पनि ३ महिनाका लागि पुग्नेगरि भण्डारण क्षमता विस्तार गर्न आवश्यक रहेको व्यवसायीहरुले माग गरेका छन् ।
व्यवसायीहरुले २० हजार किलोलिटर भण्डारण गर्नसक्ने गरी क्षमता वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले भारतीय आयल कर्पोरेशनबाट आयात गरिएको इन्धन नखन्याई डिपोमा पठाउदा अधिकृत विक्रेतालाई नोक्सानी हुने गरेकोले निगमले नै लोड दिने व्यवस्था मिलाउन उनीहरुको माग छ । यस्तै ट्याङ्कर पार्किङ स्थलको अभावले समस्या भइरहेको भन्दै एशोसिएसनले त्यसको प्रबन्ध मिलाउन पनि आग्रह गरेको छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निगमले आफ्ना ढुवानी ट्याङ्करहरुको पार्किङको प्रवन्ध मिलाउनुपर्ने भन्दै त्यसका लागि महानगरले सहयोग गर्ने बताउनुभयो । उहाँले सत्यनारायण मन्दिरको गुठी जमिनमा पार्किङ स्थापना गर्न आग्रह गर्दै त्यसका लागि प्रक्रिया बढाउन सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल आयल निगमका वितरण विभाग प्रमुख विरेन्द्रप्रसाद गोइत, सञ्चालक समिति सदस्य अरविन्द अग्रवाल तथा निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले पनि अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.