Websoft University

राष्ट्रिय पुस्तकालय केराबारीले स्वर्ण जयन्ती विविध कार्यक्रम गरि मनायो


युवराज ठकुरी/केराबारी, फागुन २६ गते । रातो तारा डट कम,
 केराबारी मोरङमा स्थापित राष्ट्रिय पुस्तकालयले आफ्नो स्थापनाको ५०औं वार्षिकोत्सब तथा स्वर्ण जयन्ती भव्यताका साथ विविध कार्यक्रम गरि सम्पन्न गरेको छ।
         
पुस्तकालयले स्वर्ण जयन्ती  दुई दिन सम्म मनाएको संस्थाका सचिब नवीन थापा क्षेत्रीले बताए ।पहिलो दिन उद्घाटन समारोह २४गते बिहिवार बिहान रक्तदान तथा दिउँसो विद्यालय स्तरीय कविता प्रतियोगिता गर्नुका साथै अप्रतियोगी रचना वाचन गरिएको थियो।
             
स्वर्ण जयन्तीको दोस्रो दिन संस्थापक सदस्यहरु ,संस्था दर्ता गर्न योगदान खेल्ने कार्यसमितिका पदाधिकारीहरु, चन्दादाताहरु  लगायत विभिन्न महानुभावहरुलाई संम्मान तथा प्रंसङ्सापत्र प्रदान गरिएको संस्थाका कोषाध्यक्ष चन्द्र भण्डारीले बताए।केराबारीमा पहिलो पटक पुस्तकालयले साहित्यकार ,रङ्गकर्मीहरुको बाक्लो उपस्थिति गराएको दोस्रो दिनको कार्यक्रम प्राग्य तथा वरिष्ठ साहित्यकार उपेन्द्र पागलको प्रमुख आथित्यता रहेको थियो।
 
संस्थाका सचीव नवीन थापा क्षेत्री तथा उपाध्यक्ष किसान शाहीद्वारा संचालित कार्यक्रममा संस्थाका अध्यक्ष महाप्रसाद लुइँटेलको सभापतित्वमा सम्पन्न भएको थियो।कार्यक्रमका विशिष्ट अतिथिहरुमा साहित्यकार मोहन काफ्ले,आचार्य अमृत ,गाउँ पालिका उपाध्यक्ष शान्ति भुजेल,भरत गुरागाइ,एचएम तामाङ ,तीला लेकाली,वादल चाम्लिङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।
             
कार्यक्रममा एक दर्जन साहित्यकारहरुले रचना वाचन गर्नुका साथै झोराहाट नाट्यकेन्द्रद्वारा नाटक प्रदर्सन गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.