Websoft University

३० कृषि समूहलाई हाते ट्रयाक्टर प्रदान


(फायल फोटो)
नुवाकोट,चैत्र ३ गते । रातो तारा डट कम, सहज रुपमा कृषि उत्पादन गराउनका लागि भन्दै शिवपुरीका कृषकलाई पावर ट्रिलर (हाते ट्रयाक्टर) वितरण गरिएको छ । गाउँपालिकाभरीका ३० कृषि सहकारी तथा कृषक समूहलाई यूएनडिपीको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले शिवपुरी गाउँपालिकामार्फत ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रदान गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

कृषक समूह तथा कृषि सहकारी संस्थालाई कृषि उपकरण हस्तान्तरण गरेपछि गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले युवा रोजगारी र शिक्षाका लागि गाउँबाट लाखापाखा लागेका बेलामा उपकरण किसानको हातमा पुग्नु राम्रो भएको बताउनुभयो । शिवपुरी–६ का वडाध्यक्ष लालबहादुर तामाङले सरकारले अब कृषिमा आधुनिक प्रविधि विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.