Websoft University

वनक्षेत्र तीब्र गतिमा अतिक्रमण हुदै

लहान, चैत्र ३ गते । रातो तारा डट कम,संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ । जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिनुभयो ।

जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हेक्टर क्षेत्रफल वन क्षेत्रमध्ये ९९३ दशमलव १४ हेक्टर क्षेत्रफल सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण भएको पाइएको उहाँले बताउनुभयो ।

अतिक्रणमा परेको सामुदायिक वन खाली गराउन प्रयास गरिए पनि राजनीतिक संरक्षणका कारण हटाउन समस्या भएको गुनासो गर्दै प्रमुख सिंहले राजनीतिक दल र स्थानीय प्रशासनबाट उचित सहयोग प्राप्त भए खाली गराइने बताउनुभयो ।

लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका अन्तर्गत सामुदायिक वन अतिक्रमण गरी वनक्षेत्रमा पक्की घरसमेत निर्माण भइरहेको छ ।

राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय प्रशासनका प्रमुखले वन तस्कर र अतिक्रणकारीलाई कुनै संरक्षण नदिने लिखित प्रतिबद्धता व्यक्त गर्दै अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन सहयोग गर्नेमा जोड दिए ।

इलाका प्रशासन कार्यालय लहानमा प्रमुख सोमप्रसाद भट्टराईले अतिक्रमणमा परेको सामुदायिक वन क्षेत्रको यकिन गरी तत्काल वन क्षेत्र खाली गराउन प्रशासनको तर्फबाट भरपुर सहयोग गर्ने बताउनुभयो । अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन र अतिक्रमणकारीलाई कानूनी दायरामा ल्याउन ठोस् कदम चाल्न वन कार्यालयसँग उहाँले आग्रह समेत गर्नुभयो ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राजपालगायतका राजनीतिक दलका प्रतिनिधिले वन क्षेत्रमा बढ्दो अतिक्रमण र चोरी तस्करी रोक्न आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.