Websoft University

बलात्कार आरोप लागेको एक यूवा पक्राउ


गाईघाट,चैत्र ३ गते । रातो तारा डट कम,पिडित महिलाले मिलापत्र गर्न नमान्दा प्रहरीले बलात्कार आरोप लागेको एक यूवालाई पक्रन बाध्य भएको छ ।

फागुन २८ गते राती त्रियुगा नगरपालिका वडा नं १४ साउनेमा भएको बलात्कार घट्ना लाई प्रहरीकै रहोवरमा मिलाउने प्रयास भएको थियो । तर पिडित महिलाले कूनैपनि हालतमा आफु मिलापत्र नगर्ने अड्डी कसेपछि प्रहरीले घट्नाको तिन दिन पछि पक्राउ गरेको छ ।

नातामा भान्जी बुहारी पर्ने ति महिलालाई मामा ससुरा शिव राईले मध्य रातमा जबरजस्ती बलात्कार गरेका थिए । मस्त निन्द्रामा सुतेको बेला राईले ढोका फोडी उनलाई बलात्कार गरेका थिए । घट्नाको भोलिपल्ट पिडितमहिलाले साउने प्रहरी चौकिमा आफु बलात्कार भएको भन्दै राई बिरुद्द उजुरी दिएकी थिईन ।

तर प्रहरीले स्थानिय गाँउले र केहि भलाद्मिको रहोवरमा मिलापत्र गराउने प्रयास गरेका थिए । घट्नाको आरोपित गाउँमा हुँदा हुँदै पनि  प्रहरँीले उनलाई पक्राउ गरेको थिएन । आफु कुनै पनि हालतमा मिलापत्र नगर्ने बरु जिल्ला गएर सम्बन्धित निकायमा गएर उजुरी गर्ने बताएपछि प्रहरीले बाध्य भएर आरोपित लाई पक्राउ गरेको ति पिडित महिलाले बताईन् ।

“मलाई इज्जत र पैसाको लोभ देखाएर मिलापत्र गर्न भनियो, तर मैले आफु कुनैपनि हालतमा नमिल्ने बरु जिल्लामा गएर उजुरी गर्ने बताए पछि प्रहरी आरोपितलाई पक्रन बाध्य भयो ।” ति पिडित महिलाले भनिन् । नजिकको नाता नभए पनि साईनोमा बलात्कारी आफ्नो मामा ससुरा भएको ति महिलाले बताईन् ।

बलात्कारी यूबक त्रिनपा !४ स्थित साउने बरगाछी सी?डाँडाका ट्याक्टर व्यवसायी रहेको प्रहरीले जनाएको
छ । प्रहरीले घट्नाको तेस्रो दिन गाईघाटको चप्पन जंगलबाट ट्याक्टर चलाउँदै गरेको अबस्थामा आरोपित राईलाई पक्राउ गरेको थियो . पिडित महिलाको श्रीमान केहि बर्षदेखी वैदेशिक रोजगारीमा विदेशमा छन् ।

घट्ना भएको गाउँमा वडाअध्यक्ष कुलुङ राईले घट्नाबारे सुनेको तर यथार्थ जानकारी आफुले पाउन नसकेको बताए । “घट्नाको दोषीले कुनैपनि हालतमा उन्मुक्ती पाउनु हुँदैन । प्रहरीले अनुसन्धान गरीरहेकोले ढिलो चाँडो घट्नाको यथार्थ जानकारी आउने उनले बताए ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपि नवराज भट्ठले आरोपित व्यक्तिलाई पक्राउ गरेर घट्नाको अनुसन्धान भईरहेको बताए । श्याम राई÷उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.