Websoft University

जुटमिल बचाउन मुख्यमन्त्रीलाइ ज्ञापनपत्र


विराटनगर, चैत्र १३ गते । रातो तारा डट कम,प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई विराटनगरस्थित जुटमिल बचाउन माग गर्दै ‘जुटमिल्स बचाउ अभियान’ समितिले आज ज्ञापनपत्र बुझाएको छ ।

मुख्यमन्त्रीको कार्यालयमा पुगेको समितिका टोलीले विभिन्न नाममा जुट मिल्स सञ्चालक समितिले यहाँको सम्पत्तिको दोहन गरिरहेको उल्लेख गर्दै जुटमिल बचाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शेरधन राईले आफूले पनि जुटमिलको विषयमा अध्ययन गरिरहेकाले यसबारे छिट्टै निर्णय लिने बताउनुभयो ।

जुटमिलका अध्यक्ष वसन्त वन र कार्यकारी निर्देशक निलहरि काफ्लेको कार्यकालमा गत मंसिरदेखि साढे तीन महिनासम्म जुटमिल सञ्चालन भएको थियो । बिराटनगर जुटमिल अहिले बन्द अवस्थामा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.