Websoft University

हावाहुरी चल्न शुरु भएसँगै उदयपुरमा डढेलो लाग्न शुरु

श्याम राई- उदयपुर,गाइघाट-चैत्र ४ गते । रातो तारा डट कम,
सनीबारको तीब्र हुरी बताससँगै उदयपुरको चौढण्डी नगरपालिका–९ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको जंगलमा डढेलो लागेको छ ।

दिउसो ३ बजे लागेको डढेलो स्थानीय गाउँले, वन समूहका पदाधिकारी, कर्मचारी र प्रहरीको संयुक्त प्रयासमा करिब पाँच घण्टापछि नियन्त्रणमा आएको जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

डढेलोले करिब १७ हेक्टर वन क्षेत्रमा क्षति गरेको उनले बताए। डढेलो नियन्त्रण लिन नगरपालिकाको दमकल समेत प्रयोग गरिएको थियो ।

उदयपुरको राष्ट्रिय तथा सामुदायिक वनमा वर्षेनी डढेलोले ठूलो क्षति पु¥याउने गरेको छ । वनमा लाग्ने डढेलो मानविय कारणले हुने गरे पनि  वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहले  प्रभावकारी भूमिका निर्वाह गने नसक्दा वनमा डढेलो लाग्ने गरेको छ ।

सनीबारको डढेलो पनि मानविय कारणबाट भएको खुल्न आएको छ । जंगलमा गाईबस्तु चराउन जाने गोठालोले सुकेको पात पतिङंगारमा आँगो लागउदा वनमा डढेलो लागेको पत्ता लागेको छ । तर वन कार्यालयले अहिले सम्म डढेलो लगाउने व्यक्तिको पहिचानगरि कार्यवाही गरेको कुनै रेकर्ड छैन ।

उदयपुरमा फागुनको अन्तिम सातादेखि वन जंगलमा डढेलो लाग्ने गरेको साहले बताए । मौसम परिवर्तन भै उक्त महिनादेखि तिब्र रुपमा हावा हुरी चल्न थालेपछि जंगलमा डढेलो लाग्न शुरु हुने गर्छ ।

जिल्ला वनले डढेलो नियन्त्रणको लागि भन्दै वर्षेनी १० लाख भन्दा बढी खचे गर्ने गरेको पाईएको छ । तर खर्च अनुपातमा नियन्त्रण प्रभावकारी हुन सकेको छैन । पत्र पत्रिकामा विज्ञापन, अनुगमन, सामुदायिक वनका पदाधिकारीलाई परिचालन र गोष्टि लगायतका शिर्षकमा भनेर उक्त रकम खर्च गरिदै आएको छ ।

काजी रुपमा उक्त रकम खर्चिएको देखाएको भएपनि करिब दश प्रतिशत मात्र डढेलो नियन्त्रणमा खर्च हुने गरेको अवकास प्राप्त सहायक वन अधिकृत राजकुमार ठाकुरले बताए ।‘ सबै रकम वन अधिकृतले मिलाएर खाने गरेको छन् । कागजमा मात्र खर्च भएको देखाईन्छ ।’ उनले भने । छुट्टाईएको रकम सबै सदुपयोग हुने हो भने धेरै हदसम्म डढेलो नियन्त्रण गर्न सकिने उनले बताए ।

उदयपुरमा वन कार्यालय मातहतमा ३ सेक्टर र ३५ ईलाका वन कार्यालय रहेको छ । हावाहुरी चल्न थालेपछि वनले आफू मातहतका सबै ईकाई कार्यालय र सामुदायिक वन उपभोक्ता समूहलाई डढेलोबाट सचेत रहन निर्देशन दिएको सहायक वन अधिकृत साहले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.