Websoft University

चैत १७ गते देखि पहिलो पटक बिराटनगरमा रात्रि फुटसल प्रतियोगिता हुने



विराटनगर,चैत्र ४ गते । रातो तारा डट कम, ‘विराटनगरको साथ फुटबलको विकास’ नारासहित यहाँ आयोजना हुन लागेको विराट गोल्डकप फुटबल प्रतियोगिता डे एण्ड नाइट( दिवा एवं रात्रि) हुने भएको छ ।

गोल्ड आयोजक समिति–२०७४ का अध्यक्ष नवीन रिजालद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा पहिलोपल्ट पर्याप्त प्रकाशको व्यवस्था गरी दिवा एवं रात्रि हुने उक्त प्रतियोगिता यही चैत १७ गतेदेखि २६ गतेसम्म स्थानीय शहीद रंगशालामा सञ्चालन हुने जानकारी दिनुभयो ।

बेलुकी प्रतियोगिता सञ्चालनका लागि अस्थायीरुपमा विशेष प्रकारको लाइटको व्यवस्था गरिएको अध्यक्ष रिजालले बताउनुभयो । प्रतियोगतामा नेपाल, भारत, भुटान र बंगलादेशका गरी जम्मा १० टिमको सहभागिता हुने जनाइएको छ ।

नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, थ्रीस्टार, नेपाल पुलिस, नेपाल आर्मी, रमपम झापा–११ र रिजालको मोरङ –११, भुटानको थिम्पु फुटबल क्लब, बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लब र भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लबमध्ये एकको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु १२ लाख ७१ हजार र दोस्रो हुनेलाई रु पाँच हजार ५१ हजार नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । उक्त पुरस्कार प्रदेश नं १ को सर्वा्धिक राशिको रहेको आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा टिकट बिक्री र प्रायोजकद्वारा जम्मा रु एक करोड तीन लाख आम्दानी हनेछ भने पुरस्कार, टिमलगायतका अन्य गरी रु एक करोड खर्च हुने अनुमान गरिएको छ ।
विसं २०१८ देखि महेन्द्र गोल्डकपको नामले सञ्चालित उक्त प्रतियोगिता विसं २०६७ देखि विराट गोल्डकपको नामबाट रुपान्तरित भएको हो ।

प्रत्येक दिन हुने खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई रु १० हजार पुरस्कार प्रदान गरिनेछ भने म्यान आफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने अध्यक्ष रिजालले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.