Websoft University

रंगेली ईलाका प्रशासनमा कार्यलय प्रमुख बिहिन


रबिन्द्र बराल-रंगेली ,माेरङ,चैत्र ४  गते अाईतबार ।
रातो तारा डट कम,नेपाल सरकारले कुनै पनि जनतालाई दु:ख,अप्ठ्यारो न हाेस भनेर सिंहदरवारकाे अधिकार  नगरपालिका,गाउपालिकालाई लिखित रुपमा हस्तान्तरण गरेता पनि त्याे कुरा भने कागजमा मात्रै सिमित रहेको छ।

उक्त कुरा माेरङकाे रंगेलीमा भने लागू भएको छैन । माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको ईलाका प्रशासन कार्यलयमा प्रमुख नहुँदा सर्वसाधारणहरु यतिबेला सेवा नपाएर मार्कामा पर्न थालेका छन । फागुन १३ गतेदेखि कार्यलय प्रमुख नहुँदा सेवा ग्राहीहरु थप  समस्यामा परेका हुन ।

यस कार्यालयकमा कार्यरत  प्रमुख  मुरारी  प्रसाद घिमिरे   प्रदेश नम्बर १ मा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भए पछि हाल सम्म काेहि पनि कार्यालय प्रमुख नहुदा सर्वसाधारणहरु मार्कामा परेका छन ।

रंगेली ईलाका प्रशासन कार्यलयले  यस भेगमा रहेको रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका , धनपाल गाउँ पालिका र कानेपाेखरीका केही गाउँ का  जनता हरु यस ईलाका प्रशासन कार्यलयमा अाएर सेवा लिने गरेका छन ।

उनी हरुले यहाँबाट नयाँ नागरिकता,प्रतिलिपी नगारिकता र पासपोर्ट बनाउनका लागि चाहिने नागरिकता रुजु गर्ने कामहरु गर्ने गरेका थिए ।  कार्यलय प्रमुख नहुदाँ  सर्वसाधारण हरु रंगेली देखि २२ किलोमिटर टाडा बिराटनगर गएर नागरिकता बनाउन बाध्य भएका छन ।

यहाँ  बाट दैनिकी ५० देखि ८० वटा सम्म नयाँ नागरिकता बनाउने गरेकाे  कार्मचारीहरु  बताउछन् ।  एक सेवा ग्राहिले भने अाफु २ दिन देखि नागरिकता बनाउनका लागि अाएकाे तर कार्यलमा प्रमुख नहुदा अाफुलाई बिराटनगर गएर नागरिकता बनाउन त्यहाँका कार्मचारी हरुले पठाएको बताए।

नगरपालिका ले समयमै ध्यान नदिएका कारण सर्वसाधारण हरुले दुख पाएकाे सर्वसाधारणहरु बताउछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.