Websoft University

होमियोप्याथिक उपचार पद्धती प्रभावकारी हुदै,


विराटनगर,फागुन २३ गते । रातो तारा डट कम,विराटनगरमा आज आयोजित अल नेपाल होमियोप्याथिक एसोसिएसनको १ नम्बर प्रदेशको प्रथम सम्मेलनमा उनीहरुले होमियोप्याथिक चिकित्सक काउन्सिल निर्माणको माग गरेका छन् ।

 १ नं. प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले अधिबेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै भने नेपाली अर्थतन्त्र सुहाउँदो उपचार पद्धती होमियोपेथिक उपचार पद्धती नै भएको बताउनु भयो । उहाँले आफूले होमियोपेथिक उपचार पद्धतीको विकासमा सहयोग पु¥याउने पनि बताउनु भयो ।

 आधुनिक उपचार पद्धती अत्यन्तै महँगो भएको कारण गरिव तथा निम्न आर्थिक अवस्था भएकाहरुले उपचार नपाएरै मर्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ ।

मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय १ नं. प्रदेश कार्यक्रममा बोल्दै अल नेपाल होमियोप्याथिक एसोसिएसनको अधिबेशन सफल होस भन्ने शुभकामना मन्त्रीले दिनु भएको थियो ।

त्यसैगरी अल नेपाल होमियोप्याथिक एसोसिएसनका केन्द्रीय अध्यक्ष विष्णु प्रसाद मिश्रले राज्यले आफुहरुलाई विभेद गरेका कारण आफूहरु अपमानित हुनुपरेको बताउनु भयो ।

अल नेपाल होमियोप्याथिक एसोसिएसनको कार्यक्रममा बोल्दै होमियोप्याथिक एसोसिएसनका नेता डाक्टर केपी सुवेदीले सरकारी तबरबाट असहयोग भएको बताउनु भयो ।

उहाँले होमियोप्याथिक औषधिको व्यवस्थापनका लागि सरकारले छुट्टै औषधि व्यवस्था विभाग खडा गर्नुपर्नेमा पनि जोड दिनुभयो ।  १ नम्बर प्रदेशमा १ सय ३० जना होमियो डाक्टरहरु रहेका छन् । कार्यक्रममा विभिन्न वक्ताहरूले बोलेका थिए ।

एसोसिएसनको १ प्रदेशस्तरीय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आजै सम्पन्न हुने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.