Websoft University

प्रधानमन्त्री ओलीले नेता मादव नेपाललाई जन्मदिनको शुभकामना दिनु भयो


काठमाडाँै, फागुन २३ गते । रातो डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ६५ औँ जन्मोत्सवका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेता नेपालको ६५ औँ जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले फूलको बुकी प्रदान गरेर उहाँलाई दीघार्यूको कामना गर्नुभएको हो ।

यसैगरी, प्रधानमन्त्री ओलीले ‘बर्थ–डे केक’ खुवाएर नेता नेपाललाई शुभकामना दिनुभयो । नेता नेपालले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई धन्यवाद दिँदै आफ्नो जन्मोत्सवको केक खुवाउनु
भयो ।

पार्टी स्थायी कमिटी बैठकमा नेता नेपालको जन्मदिन मनाइएको हो । जन्मदिनको अवसरमा पार्टीका नेताहरुले नेता नेपाललाई शुभकामना व्यक्त प्रदान गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.