Websoft University

नेपालमा पहिलो पटक ‘सिइओ’ सम्मेलन हुादै, १७ देशका तीन सय विजनेश लिडर सहभागीहुदै


काठमाडौं,फागुन २३ गते । रातो तारा डट कम,नेपालमा पहिलो पटक सिइओ समिट तथा अवार्ड हुने भएको छ ।  सिइओ समिट तथा अवार्ड कार्यक्रममा १७ देशका झण्डै ३०० जनासिइओ तथा विजनेश लिडरहरु सहभागि हुने वताईएको छ ।

आउादो फागुन ३० गते काठमोडौंस्थित होटल सोल्टीमा आयोजना हुन लागेको नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रम मुख्यतया संघिय संरचना अनुसार देशको अर्थतन्त्र कसरी सबल बनाउने भन्ने विषयमा केन्ऽित रहने आयोजकले जनाएका छन् । हाल नेपाल बाहिरबाट उत्साह जनक सहभागीताको आवेदन आइरहेको इन्भेन्ट संयोजक भाबुक आचार्यले जानकारी दिएका छन् ।

समिटमा ठूला र बहुर्रा्ष्टि्रय कम्पनीका सफल सिइओ र नेतृत्वकर्ताले व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा कस्ता उपाय अपनाएका छन ? र यो अवस्थासम्म आउन उनीहरुले के कस्ता प्रयास गरे भन्ने विषयमा समेत छलफल, बहस र अनुभव आदान प्रदान गरिने वताईएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्टि्रय कम्पनीका लगानीकर्ताहरु र कार्यकारी तथा नेतृत्वदायी भूमिका निभाउनेहरु विभिन्न क्षेत्रका सिइओ र विजनेश लिडरहरु बीच खुला छलफल, बहस र अन्तरक्रिया गर्नु समिटको मुख्य लक्ष्यभएको आयोजकको भनाई छ ।

यसै ईभेन्ट मार्फत नेपालमा पहिलो पटक प्रदान गर्न लागिएको अवार्डको पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी बिनोद चौधरी सम्मका हस्तीहरु प्रतिस्प्रर्धामा उत्रिने आयोजकले जनाएको छ ।  अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत  सर्वाधिक भोट पाउने ब्यक्तिलाई पपुलर सिइओ अफदिइयरको अवार्ड प्रदान गरिने कमिटिले जनाइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.