Websoft University

बार्षिकउत्सव तथा अभिभावक दिवश कार्यक्रम सम्पन्न


शिव भट्टराई - चैत्र ३ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा-७ गोठगाउमा रहेको मदल्याण्ड सेकेण्डरी अंग्रेजी बोर्डिंङ स्कूलको प्राङगणमा आज सनिबार २३ औ बार्षिकउत्सव तथा पुरस्कार वितरण, बिविध कार्यक्रमका साथ संम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव ढकाल आफ्नाा भनाइ राख्दै शुभकामना दिए  का थिए। कार्यक्रममा सम्पूर्ण सहभागिहरुलाई बिद्यालयका सहज कर्ता विनोद बानियाले स्वागत मन्तब्य दिएका थिए।कार्यक्रममा बिद्यालयका विद्यार्थीहरूलाई बिभिन्न विधामा पुरस्कार र अवार्ड वितरण गरि सम्मान पत्र द्वारा सम्मान गरिएको थियो। कार्यक्रममा बिद्यालयका भाईबहिनीहरूद्वारा नृत्य प्रस्तुत गरेेेका थियो।

त्यसैैैैगरी सुन्दरहरैचा-७ का वार्ड अध्यक्ष चैतन्य सिटौला,शिक्षा स्रोत ब्यक्ति सोमनाथ निरौला, साथै बर्तमान र भावी योजनाका प्रतिबद्धता प्रकट गर्ने संस्थापक प्रिन्सिपल राम दाहाल,निजि बिद्यालयका केन्द्रीय सदस्य हेमन्त कार्की साथै अन्य अतिथिहरुले  शुभकामना दिएका थिए।

कार्यक्रममा अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रम बिद्यालयको ब्यवस्थापन समिति अध्यक्ष गंगा सिटौला दाहालको सभापतित्व भएको थियो।कार्यक्रमको संचालन भने शिक्षक अगम बाबू अधिकारीले गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.