Websoft University

झापाका अधिकांश ठूला होटलमा अखाद्य वस्तु फेला

झापा चैत २ गते । रातो तारा डट कम,बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालसहितको टोलीले गरेको अनुगमनका क्रममा होटलले अखाद्य वस्तु बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको अनुगमनपछि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.