Websoft University

२० वर्ष पुराना सवारी साधानहरु प्रहरीले नियन्त्रणमा लिन थाल्यो


चितवन, चैत्र २ गते । रातो तारा डट कम, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो । चैत्र १ गते  बिहान ११ बजेसम्म तीन वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार जिल्लाको खैरहनी र गोन्द्राबाट एक÷एक वटा ट्रक र आँपटारीबाट एउटा बस नियन्त्रणमा लिइएको हो । जिल्लाका अन्य क्षेत्रमा पनि कडाइका साथ जाँच भइरहेको उहाँले बताउनुभयो । नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा बुझाइने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी बिराटनगरमा पनि चैत्र १ गते  जिल्ला ट्राफिक प्रहरी कार्यालय यस्ता पुराना गाडि हरुलाई नियान्त्रणमा लिनेकाम तीब्र रुपमा सुरु गरेकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.