Websoft University

भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने : मन्त्री यादव


काठमाडौँ, चैत २ गते । रातो तारा डट कम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले देशको आर्थिक रुपान्तरण गर्न भ्रष्टाचारीलाई कडा रुपमा छानविन गरी कानूनी दायरामा ल्याउने बताउनुभएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको वार्षिकोत्सव कार्यक्रममा उहाँले प्रधानमन्त्रीबाट नै भ्रष्टाचारीलाई कारवाही गर्न निर्देशन भएकाले उपभोक्तालाई ठगी गर्ने कुनै व्यवसायीलाई कुनै पनि वहानामा छुट नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री यादबले आफ्नो उद्देश्य उपभोक्ताको अधिकार सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै अधिकार प्राप्तिका लागि उपभोक्ता पनि सजग हुनुपर्ने बताउनुभयो । आपूर्ति सचिव अनिलकुमार ठाकुरले २०५४ सालमा बनेको उपभोक्ता अधिकार ऐन पुरानो भएकाले त्यसको परिमार्जनका लागि मन्त्रालयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय उपभोक्ता अधिकार मंचका अध्यक्ष प्रेमलाल महर्जनले कानून बलियो नभएकै कारण अनुगमनका क्रममा ठगीमा परेका व्यवसायीलाई कारवाही गर्न नसकिएकाले सबैभन्दा पहिले कानून परिमार्जन गरिनुपर्नेमा जोड दिनुभयो ।

कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनालले गलत काम गर्ने व्यवसायीलाई कानूनी दायरामा नल्याएसम्म र अनुगमनलाई थप व्यवस्थित एंव प्रभावकारी नबनाएसम्म उपभोक्ता मारमा नै परिरहने धारणा व्यक्त गर्नुभयो ।

विभागका निर्देशक कुमारप्रसाद दाहालले आगामी दिनमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । यसैबीच विभागले चालू आर्थिक वर्षमा तीन हजार ५६० व्यावसायिक संस्थाको अनुगमन गरेकोमा उपभोक्ता हित विपरीत काममा सहभागी २६ व्यवसायीलाई मुद्दा दायर गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.