Websoft University

डा.बिनोद प्रसाद देवकोटा द्वारा सिमसार उद्घाटन


बाबुराम मुडियारी, बिराटनगर फागुन २८ गते ।
रातो तारा डट कम,,मोरङको ग्रामथान गाउँपालिका वडा नं. ६ मा बजरंगबली मन्दिर संरक्षण व्यवस्थापन समितिको आयोजनामा विविध कार्यक्रम गरी सिहल सिमसार उद्घाटन जिल्ला वन कार्यलय मोरङका जिल्ला वन अधिकृत डा.बिनोद प्रसाद देवकोटाले रिवन काटी उद्घाटन गरेका छन ।

सो सिमसार विकास प्रवर्धन संरक्षणका लागि जिल्ला वन कार्यलय बाट २०७४ ज्येष्ठमा बृक्षारोपण गर्नका लागि निशुल्क विरुवा उपलब्ध प्राविधिक सहयोग र १८८०००।– आर्थिक अनुदान र हाल सिमसार क्षेत्र व्यवस्थापनका लागि ४०००००।– आर्थिक अनुदान उपलब्ध गराएको छ ।

सिमसार क्षेत्र उद्घाटन कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, राजनैतिक दलका प्रतिनिधि, बुढीगंगा गाउँपालिकाका उपाध्यक्ष,वडा अध्यक्षहरु, सदस्यहरु, ग्रामथान गाउँपालिकाका उपाध्यक्ष, वडाअध्यक्षहरु, सदस्यहरु संघ सस्थाका प्रतिनिधिहरु लगायत सयौँको संख्यामा सहभागी रहेको थियो ।

उद्घाटन कार्यक्रममा वक्ताहरुले सिमसार क्षेत्र निर्माण विकास प्रवर्दनका लागि सहयोगको खाचो रहेकोले सम्पूर्ण संघ संस्था कार्यलय चन्दा दाता समाजसेवी लगायतलाई सहायोग गरी नमुना सिमसारको रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिएका थिए । उक्त  सिमसारको कुल क्षत्रफल ४.८ हेक्टर रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.