Websoft University

अन्जु पन्त र रोशन गैरेको मायाको जुहारी ‘हाम्रा बा लाई थर्काउ ’ भिडियो सहित


काठमाडौ,फागुन २८ गते । रातो तारा डट कम, रशिका डिजिटलको प्रस्तुतिमा नेपाली सुगम संगीतमा स्थापित बनिसकेकी गायिका अन्जु पन्तले आफनो सुमधुर आवाजमा रोइला  गित ‘हाम्रा बा लाई थर्काउ ’मा गायक रोशन गैरे र गायिका अन्जु पन्तको गीत बजारमा आएको छ  ।

 निकै रमाइलो गीतमा माया प्रेमको जुहारी समेटिएको छ । युवायुवतिको प्रेम कथालाई गितमा समेटिएको
 छ । निकै राम्रो रोइला गीतलाई आम दर्शक तथा श्रोताले अधिम मात्रा मनपराउने अपेक्षा लिएको गायिका अन्जु ले बताइन । मौलिक र उत्कृष्ट रोइला  गीत ल्याएको भन्दै आम दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया आएको छ ।

गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ, त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । रोशन गैरेको उत्कृष्ट शब्द सिर्जना तथा संगितमा बनेको गितमा करिष्मा ढकाल र रोशन गौरेको  अभिनय रहेकोे छ ।काजिश श्रेष्ठको निर्देशन रहेको उक्त गीतको छायांकन भने सागर गौत्तमले गरेका हुन् ।

 रोशन गैरे आफैले सम्पादन गरेको भिडियोलाई म्युजिक नेपालका ै युटुब चयानलमा अपलोड गरिएको
 छ ।‘हाम्रा बा लाई थर्काउ ’ को भिडियो हेर्नुहोस


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.