Websoft University

प्रदेशको नाम किरात राख्न यायोक्खाले बुझायो मुख्यमन्त्रीलाई अनुरोधपत्र मुख्यमन्त्री राईले चाँडै परामर्श थाल्ने


अर्जुन जम्नेली राई-काठमाडौ, फागुन २८ गते ।
रातो तारा डट कम,एक नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र स्थायी राजधानी बारे चाँडै परामर्स थाल्ने बताएका छन् ।

आज (सोमबार) किरात राई यायोक्खा केन्द्रीय समितिले कोटेश्वर काठमाडौंमा एक नम्बर प्रदेशको नाम किरात राख्न छलफल तथा नव निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम अयोजना गरेको थियो । सोही कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । केहीदिन पछि प्रधानमन्त्री केपी ओली लगायतका मुख्य पार्टीका नेताहरूसँग, प्रदेश पार्टी र प्रदेश सभासदस्यहरूसँग परामर्श गर्ने बताए ।

प्रदेशको नाम सकेसम्म बढी जनताको भावना र विचारलाई समेटेर राख्नु पहल गर्ने राईले बताए । आफू नयाँ संविधान, संघीयताको मर्म, त्यो भूगोल र जनचाहना अनुसार मुख्यमन्त्री बनेको बताए । मुख्यमन्त्री भएसँगै ठडिएको चुनौती पार गरेर छाड्ने राईले बताए । यायोक्खाले चालेको कदम प्रसंशानीय तर्क गर्दै प्रस्तावित नाम परिपक्क हुन समय लाग्ने बताए । मुख्यमन्त्री राईले ज्ञापनपत्रको साथै नामाकरण लगायतको बिषयमा जनताको ध्यान केन्द्रीत गर्न ठूला—ठूला कार्यक्रमहरू गर्न यायोक्खालाई सुझाव दिए ।

कार्यक्रममा माओवादी केन्द्रका संघीय सांसद शुरेसकुमार राई(हिमाल)ले किरात प्रदेश पार्टीको मूल राजनीतिक कार्यक्रम रहेको बताए । एमालेको तर्फबाट संघीय सांसद राजेन्द्र राईले पार्टी नेताहरूलाई बिषय बुझाउन सक्नुपर्ने बताए । नेपाली कांग्रेसका नेतृ तथा संघीय सांसद प्रमिला राईले आफू अघिल्लो कार्यकालदेखि नै किरात प्रदेश नामाकरणको लागि लागिरहेको दाबी गरे । माओवादी केन्द्रका प्रदेश सभा सांसद मोहन खड्काले किरात प्रदेश जातीय नभएर राष्ट्रियतासँग जोडिएको बताए । आफू युद्ध कालदेखि नै किरात प्रदेश निर्माण गर्न हिडेकोले प्रदेश सभामा किरात नामाकरण गर्न पहल गर्ने बताए ।

कार्यक्रममा करिव २५ जना सांसदहरू उपस्थित रहेका थिए । उपस्थिति सांसदहरुले किरात प्रदेश नामाकरणको लागि हस्ताक्षर गरेका छन् ।
 यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिवस राईले कार्यक्रमको औचित्यबारे जानकारी गराएका थिए । उपस्थित सांसदहरूलाई किरात प्रदेश बन्ने चार बुँदे अनुरोधपत्र बुझाएको यायोक्खा महासचिव जीवन हाताचो राईले बताए ।

कार्यक्रममा पूर्व शसस्त्र प्रहरी प्रमुख(आई.जी.) दुर्जकुमार राई, प्राडा. शिवकुमार राई, डा.ईन्द्रजीत राई, सल्लाहाकार दुर्गा राई, चन्द्रविक्रम राई लगायतको उपस्थिति रहेको थियो । यायोक्खाले किरात नामाकरणको लागि दवाव दिन प्रदेशमा २५ लाख हस्ताक्षर संकलन गरेर मुख्यमन्त्री र सभासदलाई बुझाउन अभियान सञ्चालन गरिरहेको छ ।

किरात नामारणको लागि मुख्य मुख्य दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत रहको यायोक्खाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.