Websoft University

एक्सपर्ट अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधी शिक्षादिपले हात पारे


सुनसरी, फागुन १८ गते । रातो तारा डट कम,विराटनगरको शिक्षादिप कलेजले एक नम्बर प्रदेशस्तरिय एक्सपर्ट अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधी हात पारेको छ ।

आज सुनसरीको इटहरीमा भएको फाइनल खेलमा बिश्वआदर्श कलेज इटहरीलाई ५ विकेटले पराजित गर्दै शिक्षादिपले उपाधी हात पारेको 
हो । उपाधिसँगै शिक्षादिपले २० हजार बराबरको क्रिकेट सामाग्रि सहित मेडल प्रमाण पत्र र ट्रफि प्राप्त गरेको छ 

जवाफमा १ सय १ रनको बिजयी लक्ष्य पछ्याएको शिक्षादिपले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटाएको थियो । शिक्षादिपकालागी राजन मगर २८ रन बनाउँदा रेवती यादवले २० रन, अनोज यादवले १५ रन र अमन अलीले ११ रन बनाए । बिश्वआदर्शका निशन महतले २ विकेट र भुपाल लुइटेलले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको विश्वआर्दशले निर्धारित २० ओभरमा सवै विकेट गुमाउदै १ सय रनको योगफल खडा गरेको थियो । बिश्वआदर्शलाई सम्मानजनक स्कोर बनाउनका लागी सेमन्तराज रेग्मीले २५ रन बनाउनुका साथै धिरेन राइले २३ रन र प्रवेश प्रधानले २२ रन बनाए । शिक्षादिपका अनोज यादवले ३ विकेट र रेवती यादवले २ विकेट लिए ।

फाइनल खेलको म्यानअफ द फाइनल शिक्षादिपका अलराउण्डर खेलाडि अनोज यादव घाषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिश्वआदर्शका निशन महत घोषित भए भने उत्कृष्ट बलर शिक्षादिपका आयुश ओडारी र उत्कृष्ट ब्याट्सम्यान शुष्मा कलेजका सरोज कटुवाल घोषित भए । दोस्रो हुनेले विश्वआर्दश १० हजार बराबरको क्रिकेट सामाग्रि मेडल र ट्रफि प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता टिमलाई काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा समावेश गराइने र काठमाण्डौमा हुने प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने टिमलाई बङ्गलादेश वा पाकिस्तानमा अभ्यास खेलको अवसर समेत उपलब्ध गराउने आयोजकले जनाएको छ ।

देशका ठूला १२ वटा शहरहरुमा सम्पन्न भएको प्रतियोगिता प्रदेश १ को इटहरीमा गत आइतबारदेखि सुरु भएको थियो । प्रतियोगितामा सुनसरी र मोरङका ६ वटा कलेजको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.