Websoft University

विएफएममा भव्य होलिमिलन


विराटनगर, फागुन १७ गते । रातो तारा डट कम,विगतका वर्षहरु झैँ यस वर्ष पनि विएफएम ९१.२ ले  हिजो होलि मिलन कार्यक्रमको आयोजना गरेको छ ।

एफएम कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थीति रहेको छ । सो अवसरमा शुभकामना आदान प्रदान गरिनुका साथै एक आपसमा अविर दलेर होलि मनाइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मोहन भण्डारीले विएफएमले वर्षेनि सामाजिक दायीत्व समेत निर्वाह गरिरहेको बताउँदै सरकारले एफएम रेठियोहरुको समेत वर्गिकरण गरि सेवा सुविधा दिनु पर्ने बताए ।

कार्यक्रममा विएफएम ९१.२ का कार्यकारी निर्देशक डा. सन्देश दास श्रेष्ठले पत्रकारहरुलाइ व्यवसायीक पत्रकारिताको विकासमा लागि पर्न आग्रह गरे । डा. श्रेष्ठले पत्रकारहरुले आफु कार्यरत सञ्चार माध्यमको विकाश र उत्थानमा पनि लाग्न सुझाव दिए । होलि मिलन कार्यक्रममा गायक सुमित खड्काले विभिन्न गित संगितबाट मनोरन्जन प्रदान गरेका
थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.