Websoft University

घरेलु महिला कामदारको पेशा मर्यादित अब सुझाव संकलन गर्ने


विराटनगर, फागुन २९ गते । रातो तारा डट कम,
घरेलु महिला कामदारको पेशा मर्यादित र उचित पारीश्रमिक वनाउने सुझाव संकलन उद्देश्यका साथ आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

महिला मानव अधिकार रक्षकहरुका राष्ट्रिय संजालद्धारा यही फागुन ३० देखि चैत २ गतेसम्म हुने प्रदेश नं १ को महिलाबादी मञ्च भेलामा महिलाहरुलाई मर्यादित काम, महिला हिंसा विभेद न्यूनिकरण, न्यायालयमा महिलाको पहुंच पुर्याउने आदि सम्वन्धमा आगामी दिनमा यसको निकास , सुझाव र वडा पत्र सार्जजनिक गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा वताइयो ।

मञ्चकी प्रदेश नं १ की संयोजक मञ्जीता उपाध्यायले उक्त कार्यक्रममा प्रदेशका १४ जिल्लाका महानगर, उपमहानगर, नगरपालिका, निर्वाचित महिला सदस्य, जिल्ला समन्वय समितिका महिला पदाधिकारी गरी तीन सय जनाको सहभागिता रहेने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.