Websoft University

विष्फोटक पदार्थहरु निष्कृय बनाउदै


श्याम राई-उदयपुर,गाईघाट, फागुन २९ गते । रातो तारा डट कम,प्रहरीले विभिन्न विष्फोटन पदार्थहरु सोमबारदेखि निष्कृय तुल्याउन थालेको छ ।

माओवादी द्धन्द कालमा विद्रोही विरुद्ध धराप थाप्न आफैले निर्माण गरेको सकेट बम, पाईप वम लगायतका विष्फोटक पदार्थहरु निष्कृय तुल्याउन थालिएको एस.पी. नवराज भट्टले बताए ।

बजार क्षेत्रदेखि झण्डै १ किमी टाढा उत्तर तर्फको बरुवा खोलामा करिब ६४ थान विष्फोटक पदार्थ निष्कृय गरिएको क्षेत्रमा सर्व साधरणलाई दुई दिन आवत जावतमा पूर्ण रुपमा रोक लगाईएको छ ।

 विष्फोटक पदार्थ निष्कृय तुल्याउन प्रहरी विज्ञान कार्यदल कपन काठमाडौंबाट आएको विशेषज्ञ प्रहरीको टोलीले काम गरेको हो । माओवादी द्धन्द कालमा माओवादीबाट बरामद भएका र प्रहरी आफैले निर्माण गरेका विष्फोटक पदार्थहरु जिल्ला प्रहरी कार्यालयमा राखिएको थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.