Websoft University

महानगरको बिकास निमार्णमा कमसल सामाग्री प्रयोग गरेको भन्दै स्थानीयको विरोध

विराटनगर, फागुन ३० गते । रातो तारा डट कम,विकास निर्माणमा कमसल निर्माण सामाग्रीको प्रयोग भएको भन्दै विराटनगर १० का स्थानीयले विरोध जनाएका छन् ।
विराटनगर १० पिपल चौक स्थित पासाङ मार्गमा ड्रेन, ढल निर्माणमा कमसल सामाग्रीको प्रयोग भएको भन्दै स्थानीयले काम अबरुद्ध गरेका हुन् ।
सडकमा यस अघि नै ढलको च्याम्बर निर्माण भइसकेको भएपनि सडक छेउको नाला भन्दा होचो भएपछि निर्माण कम्पनीले ईट्टाको प्रयोग गरेर पुनः निर्माण गरिरहेको थियो । सडकको बिच भागमा पर्ने ढलको च्याम्बरलाई अग्लो बनाउन कमसल ईट्टटाको प्रयोग भएको स्थानीय लोकनाथ अधिकारीले बताउनुभयो ।
वडा नम्बर १० वडा अध्यक्ष माधवराज वाग्लेले पटक–पटक आफूहरुले गुणस्तरीय सामाग्रीको प्रयोग गर्न आग्रह गरेको भएपनि ठेकेदार कम्पनी आषिश निर्माण सेवा कम्पनिले बेवास्ता गर्दै आएको बताउनुभयो । आफ्नो वार्डमा कमसल सामाग्रीको प्रयोग गरेर विकास निर्माण गर्न नदिने भन्दै उहाँले निर्माण कम्पनीले सुधार नगरे काम रोक्ने चेतावनी दिनुभएको छ ।
ढल निकासका लागि सडकको बिच भागमा निर्माण गरिएको च्याम्बर निर्माणमा पिकेट ईट्टाको प्रयोग गरिएको छ । सडकको दुबै छेउतर्फ निर्माण गरिएको नालाभन्दा कम उचाइको भएपछि च्याम्बरको उचाइ बढाउन ईट्टाको प्रयोग गरिएको हो । सडकको बिचमा पर्ने हुँदा ईट्टाले सवारी साधनको लोड थाम्न नसक्ने भएकोले रडसहितको सिमेन्टको रिङ हाल्नुपर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
ठेकेदार कम्पनीका ईञ्जिनियर धिरेन्द्र यादवले भने आपूmहरुले कमसल ईट्टा मगाएको नभइ ईट्टा आउँदा नै केहि प्रतिशत कमसल मिसिएर आएकोले समस्या देखिएको बताउनुभयो । यद्यपी निर्माणको काममा त्यस्ता ईटा प्रयोग नगरेको उहाँको भनाइ छ ।
संयुक्त नगर टोल विकास संस्थाका अध्यक्ष राजेश मास्केले आफूहरुले पटक–पटक आवाज उठाउँदा पनि विराटनगरमा भइरहेको विकास मिर्नाणमा कमसल सामाग्री प्रयोग भइरहेको बताउनुभयो । ‘सचेत नागरिक भएका स्थानमा नागरिकले भनेको खण्डमा मात्रै सुधार हुन्छन्, उहाँले भन्नुभयो, ‘नागरिकको आँखा नपुगेको ठाउँमा गुणस्तरप्रति कुनै ख्याल गरिएको छैन ।’ गुणस्तहिन कामको अनुगमन गर्न मेयर र परियोजनाका प्रमुखलाई बोलाएपनि नआएको उहाँको भनाइ छ । 
पहिलो पाङलाबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.