Websoft University

साना किसान बैंकको बार्षिकउत्सव सम्पन्न


शिव भट्टराई-गछीया, फागुन २७ गते । रातो तसरा डट कम,
साना किसान विकास बैंक लि.को १७ औं बार्षिक उत्सव समारोह आइतबार गछीयामा बिविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

गछीयामा रहेको साना किसान कृषि सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमको आयोजना साना किसान विकास बैंक इलाका कार्यालय इटहरीले गरेको हो । कार्यक्रमको सभापतित्व सोही बैंकका प्रबन्धक सरोज भट्टराईले गरेका थिए ।

सो अवसरमा बैंकको साझेदार जीवन ज्योती महिला साना किसान कृषि सहकारी संस्थालाई १५ हजार नगदसहित पुरस्कृत गरिएको थियो । साथै सोही बैंकमा विगतमा इलाका प्रवन्धकको रुपमा उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै खिलानाथ दाहाललाई सम्मान गरिएको छ ।

कार्यक्रमको शुभकामना दिंदै यूनीयन लाइफ इन्सुरेन्स कम्पनिका असिस्टेन्ट चुडामणि चापागाईंले विमाको बजारबारे चर्चा गरेका थिए । उनले नेपालमा करिब ४ प्रतिशतले मात्र विमा गरेको बताए । उनले ४० प्रतिशत नेपालीहरु विमा गर्न सक्षम रहेकोले विमाको क्षेत्र विस्तार हुन नसकेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी संघका केन्द्रीय सदस्य सुरेन्द्रमणि पौडेल रहेका थिए । कार्यक्रमको सञ्चालन योगराज दाहालले गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले बैंकहरु अब प्रविधिमैत्री हुँदै गएको बताएका थिए । साथै साना किसान बैंकहरुले हिमाल, पहाड र तराईका नागरिकलाई सेवा सुविधा पु¥याइरहेको कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।       

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.