Websoft University

देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु सेनाको परम कर्तब्य हो : प्रधान सेनापती


श्याम राई-गाईघाट, फागुन २७ गते । रातो तारा डट कम,
प्रधानसेनापती राजेन्द्र क्षेत्रीले नेपाली सेना सदैब आफनो कर्तब्य पथमा अडिग रहेर जस्तो सुकै परिस्थीतीको सामना गर्न सधै तयार रहेको बताएकाछन् ।

उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु सेनाको परम कर्तब्य रहेको बताए।

उदयपुरको त्रियुगा नगरपालिका वडा न. ३ स्थित सेनाको १८ नम्बर बाहिनी भुल्केमा आईतबार आयोजित भूपु सैनिक सम्मेलन तथा स्वास्थ्य शिवीरको उद्घाटन गर्दै उनले राष्ट्रहित विपरीत हुन सक्ने आन्तरीक तथा बाह्रय चुनौतीको सरकारले प्रदान गर्ने सबै किसीमको जिम्मेवारी पूरा गर्न नेपाली सेनाले कुनै कसुर बाकी नराख्ने बताए ।

प्रधान सेनापती क्षेत्रीले पूर्खाले आर्जेको सुनौला तथा गौरब मय ईतिहासलाई जिवन्त राख्न सेना सधै कटिबद्ध रहेको बताए । परिवर्तित राज्य व्यवस्थालाई आत्मसाथ गर्दै प्राप्त जिम्मेवारी वहन गर्ने क्रममा भूपु सैनिकले दिएको योगदानले नेपाली सेनाको विशिष्ट पहिचान स्थापित गरेको उनले बताए ।

खोटाङं, सोलुखुम्बु, ओखलढुंगा र उदयपुरका भूपु सैनिकहरु सहभागिता रहेको सम्मेलनमा भूपु मध्ये ९१ वर्षिय रत्न वहादुर कटुवाललाई प्रधान सेनापती क्षेत्रीले नगद पुरस्कार तथा सम्मान प्रदान गरे । १ हजार ३ सय २० जना भूपु सैनिकको उपस्थीती रहेको सम्मेलन १ हजार ३८ जना भूपु सैनिकको स्वास्थ्य परिक्षण गरिएको बाहिनीले जनाएको छ ।

कार्यक्रममा अशक्तलाई ह्विल चेयर वितरण गर्नुको साथै लघुवित्त कार्यक्रम संचालनको लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराईएको छ ।
समारोह बलाध्यक्ष रथि हेमन्त मल्ल, अवकास प्राप्त रथि फत्ते वहादुर लिम्बु, सैनिक कल्याणकारी कोषका कार्यवाही अघिकृत पध्यविलास कार्की लगायतकाले जिवनको महत्पूर्ण क्षण मूलुकको हितको खातिर खर्चेका भूपु सैनिकको जिवन स्तर उकास्न को लागि कोषबाट भैरहेको विभिन्न कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

सम्मेलनमा पूवि पृतना माहतका गणबाट ओखलुढुंगा,खोटाङं, सोलुखुम्बु र उदयपुरको विविध साँस्कृतिक भेषभुषा झल्कने झाकी प्रदर्शन गरिएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.