Websoft University

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफनो कार्यकालका सय दिनको कार्यक्रम सार्वजनिक गर्नु भयो


विराटनगर,फागुन २२ गते । रातो तारा डट कम, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश सरकार बने पछि सुशासन,शान्ति,स्थायित्व विकास र प्रदेशको सम्बृद्धिका लागि सरकार र प्रदेशसभा प्रतिबद्ध रहेको कुरा आज वहाँकै कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा १००, दिनको कार्यक्रमको सार्व जनिकीक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो ।

सवै मन्त्रालयलाई कामको निर्देश दिन, उद्देश्यलाई ध्यानमा राखी १०० दिनको कार्यक्रम तयार पारिएको उल्लेख गर्दै, मुख्यमन्त्री राईले चुस्त एवम् प्रभावकारीरुपमा कार्यलाई अगाडि बढाउन र नागरिकको प्राथमिकतातर्फ बढी केन्द्रीत भएर कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो ।

त्यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकारको सय दिनको कार्यक्रमलाई सार्वजनिक गर्नुहुँदै, मन्त्रालयको भौंतिक संरचना,वित्तीयसाधनस्रोत र मानव संशाधनको विकासमा समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै सरकारको आवश्यक कानून,अल्पकालिन नीति तथा रणनीतिहरु संन्चार माध्यामहरुको भुमिका सहयोग जनताका आधारभुत कुराहरुलाई समेटेर कार्यक्रम तयार पारी सोको कार्यान्वयन गर्ने समेत जानकारी गराउनुभयो ।

उहाँले प्रत्यक्ष रुपमा सरोकार राख्ने निकायहरुमा गुनासो सुन्ने अधिकारी,नागरिक हेल्य डेस्क, वडापत्र, विद्युतीय डिस्प्ले सूचनाबोर्ड र सूचना केन्द्र र सूचना केन्द्र स्थापना गर्नुका साथै महिनामा एकपटक नागरिक सुनवाई कार्यक्रम सञ्चालन
गरिने जानकारी गराउनुभयो ।

सरकारको सय दिनको कार्यक्रमअन्तर्गत जग्गामा चक्लाबन्दी नीति,उत्पादकत्व बृद्धि, कृषि, मासु,अण्डाको बजारीकरण, सहकारीको माध्यमबाट आयआर्जनको नीतिको अवलम्बन र सहयोग त्यस्ता कुरामा गरिने कार्यक्रममा उल्लेख गरिएको
छ ।

त्यस्तै, ग्रामीण क्षेत्रमा चिकित्सकलाई बस्न प्रोत्साहन गर्ने, स्वास्थ्य शिविरको सञ्चालन, विद्यार्थी भर्ना शतप्रतिशत पु¥याउने,दक्ष जनशक्ति उत्पादनमा जोड,प्रत्येक
जिल्लामा एक–एक प्राविधिक शिक्षालयको स्थापना,स्वास्थ्य विमा, ज्येष्ठ नागरिकलाई सम्मान, सवै रितीरिवाज र भाषा संस्कृतिको संरक्षण गरिने र संन्चारको बिकासका लागि पनि केहि कार्याक्रमहरु ल्याउने बताउनु भयो ।

सरकारको प्रवक्तासमेत रहनु भएका प्रदेशमन्त्री कार्कीले १०० दिनको कार्यक्रमलाई सार्वजनिक गर्दै भन्नुभयो, “प्रदेशलाई लोककल्याणकारी राज्यको अवधारण बमोजिम रुपान्तरण गर्न सडक वालबालिका,ज्येष्ठ नागरिक,अशक्त
अपाङ्गता,विधवा र अतिविपन्न वर्गलाई व्यवस्थित गर्ने कार्यको थालिनी गरिने बताउनु भएकोछ ।”

उहाँले पूर्वाधारको विकासअन्तर्गत मुख्य सडक,हुलाकी सडकको स्तरोन्नति,सिँचाइ सुविधा, ‘एक घर एक वि?वा’को कार्यक्रम, उज्यालो अभियान, जनता आवास कार्यक्रम, पूर्वाधार विकास बैङ्कको स्थापनाको पहल, नयाँ शहरको
विकास,स्मार्ट सिटी, जनता प्रहरी कार्यक्रम सञ्चालन,सुरक्षित यात्राको लागि सडक सुशासन,अपराधमा राजनीतिकरणको अन्त्य, पर्यटन विकास,‘सुरक्षित सीमा,सुरक्षित जीवन’ र सुचना प्रवाह गर्नका लागि सूचना डेस्क प्रवक्ताको व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

सरकारको १०० दिनको कार्यक्रमअन्तर्गत, फिल्म नगरीको विकासका लागि अध्ययन शुरु, वन डढेलोको जोखिमलाई समयमै रोकथाम गर्ने,जातीय सङ्ग्रहालयको
स्थापना,शैक्षिक, खेलकूद,पर्यटन र औद्योगिक हब को लागि उपयुक्त स्थापना पूर्वाधार अध्ययन,विराटनगर विमानस्थलबाट हेलिकाँप्टर सञ्चालन, केवुलकार सञ्चालन,रजिष्टार कार्यालय पुनः सञ्चालनमा ल्याउने र मापदण्ड विपरीत प्लाष्टिकका झोला निषेध गरी प्रदेश नं १ लाई स्वच्छ,सुन्दर र हरियाली प्रदेश बनाउनका लागि स्थानीय सरकार र विभिन्न गैरसरकारी संस्थासँग समन्वय गरी कार्य अगाडि बढाइने जस्ता धैरै कुरा कार्यक्रममा उल्लेख गरिएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.