Websoft University

त्रियुगा महोत्सबमा हेलीबाट रौता पर्यटकीय क्षेत्र सयर


यमन दनुवार . उदयपुर, फागुन २२ गते । रातो तारा डट कम,
उदयपुरको पहिचान,रौताको शान जिल्लाको एक मात्र धार्मिक
परिचयले चिनिएको रौतामाई पर्यटन स्थलमा आन्तरिक पर्यटनको लार्को लागेको छ ।

प्रदेश स्तरीय त्रियुगा महोत्सबमा सोमबार हेलिकप्टरबाट प्राकृतिक सौन्दर्यताको राज स्थल एवं धार्मिक तथा बाताबरणीय सौन्दर्यताले भरिएको रौता पर्यटकीय क्षेत्रको हेलीद्धारा दृश्याबलोकन गरिएको
छ ।

बितग त्रियुगा महोत्सबह?मा योजना बनाएको भए पनि पहिलो प्रदेश स्तरिय त्रियुगा महोतसबले सपना साकार पारेको हो । उदयपुरको रौता क्षेत्रको गरिमामय साख बनाउनको लागि आन्तरिक तथा बाह्रय पर्यटकह?को आकर्षण र महत्व सिर्जना बढाउन हेलीको उडान
गरिएको हो ।

त्रियुगा महोत्बसको आयोजक समितिको संयोजक एबं त्रियुगा
उद्योग बाणिज्य सघं गाईघाटको अध्यक्ष गजेन्द्र कुमार भगतले
बताए । मेलामा जिल्लाको बिभिन्न उद्यमी ब्यापारीहरूको मौलिक पहिचान बनाउने स्टलहरू समेत रहेको उनले बताए ।

हजार तिरेर हेलीबाट रौता पर्यटकीय क्षेत्र घुमेका छन् ।
महोत्सबमा सांगितिक कार्यक्रमले अझ शोभा बढाएको छ ।
राष्ट्रिय रूपमा ख्याती कमाएको चर्चित फिल्मी पाश्र्ब गायनका

धनी राजनराज सिवाकोटी सोमबार रंगमञ्चको आकर्षक गायक रहेको महोत्सब आयोजक समितिले जनाएको छ ।
गायक सिवाकोटीले “कोरीबाटी चिटिक्क परि लालि ओटैमा , कुटुमा कुटु, सुर्के थैली खै, ज्वाईछोरीको झगडा मिलाई देउ” आदि बोलको गितले मेला मैदानमा रहेको दर्शकलाई फुरूङग नचाउने संघ का सचिब दिनेश कुमार श्रेष्ठले बताए ।

 मेलामा दैनिक दशै हजारदर्शकहरूले अबलोकन गर्ने उनले बताए । हेलीबाट बाह्र उडानमा ३६ जनाले रौता पर्यटकीय क्षेत्रको अबलोकन गरेको अध्यक्ष भगतले जानकारी दिए । भोलि दिनभर उडान भर्ने उनले बताए ।

भोलि मंगलबार रमाईलो साँझका लागि ख्याति प्राप्त हाँस्य
ब्याङय कलाकार दर्शने र गायक कालिप्रदसाद बाँस्कोटा आउने संघको प्रथम उपाध्यक्ष रमेश बिश्वकर्माले बताए । मैलामा गायक हाँस्य कलाकारहरूको फ्यानको बाक्लो उपस्थित रहने समेत उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.