Websoft University

४५ लाख हुण्डी कारोवारीको अबैध रकम प्रहरीले आज सार्वजनिक गर्यो


बिराटनगर फागुन २२ गते । रातो तारा डट कम,
अवैध हुण्डी कारोवारीले ल्याउँदै गरेको ४५ लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिकलाई मंगलबार मोरङ प्रहरीले पक्रेको छ ।

प्रहरीको विशेष सूचनाका आधारमा बिहान ८ बजे विराटनगरको रानी क्षेत्रमा बिआर ११ एए ६२६५ नम्बरको कारमा चेक जाँचगर्दा प्रहरीले ठूलो परिमाणमा नगद बरामद गरेको हो ।  कारको चालक छेउमा रहेको अघिल्लो सिटको मुनिपट्टी सामान लुकाउने विशेष डिक्की बनाएर रकम राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तस्करी गरेको सुन हराएको विषयमा एक जनाको हत्या गरेर शव वेपत्ता पार्न खोज्दै गर्दा तीन जनालाई रंगेहात नियन्त्रणमा लिएको दुई दिनपछि नै प्रहरीले अवैध आर्थिक कारोवारमा प्रयोग भएको नगद बरामद गरेको हो ।

अनुसन्धाननलाई तिब्र बनाएको प्रहरीलाई पछिल्लो समयमा एकपछि अर्को सफलता मिल्दै गएको छ । प्रहरीले कार चालक भारत अररिया जिल्ला फारविसगञ्जका नारायण साहलाई पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बरामद भएको रकम अवैध हुण्डी कारोवारीको हुनसक्ने आशंका व्यक्त गरे ।

उनले भने भारतमा संकलन भएको नेपाली रुपैयाँ यहाँ ल्याउने र भारतबाट भारतीय मुद्रा बुझ्ने क्रममा यो घटना भएको अनुमान गर्न सकिन्छ यद्यपी अनुसंद्दानबाट तथ्य पत्ता लाग्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.