Websoft University

अवैध तरीकाले वैदेशिक रोजगारीमा पठाउने मेन पावर संन्चालक पक्राउ परे


काठमाडौँ, फागुन २२ गते । रातो तारा डट कम, अवैध तरीकाले वैदेशिक रोजगारीमा पठाएको अभियोगमा ‘क्याची एजुेकशन एण्ड टे«निङ कन्सल्टेन्सी’का सञ्चालक पुरुषोत्तम खड्कालाई प्रहरीले पक्राउ गरी हिजो सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार खड्कालाई रु सात लाखदेखि १२ लाखसम्म लिई वैदेशिक रोजगारीका लागि भन्दै अजरबैजान, पोल्याण्ड, दक्षिण अफ्रिका, इस्टोनेसिया, माल्टालगायत देशमा नेपाली युवालाई पठाई अलपत्र पारेको आरोप लागेको छ ।

खड्काले शैक्षिक परामर्शका लागि खोलिएको संस्थाबाट विनाइजाजत वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाएको, अवैध कागजात तयार पारेको आरोप लागेको छ । प्रहरीले अभियुक्त खड्कालाई शुक्रबार पक्राउ गरी अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।

प्रहरीले खड्काका साथबाट नेपाली राहदानी २५ थान, नोटरी पब्लिकलगायत विभिन्न सरकारी कार्यालयको छाप १८ थान, बैंकका भौचर र चेक बरामद गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.