Websoft University

इन्धनमा करोडौ घोटला तेल चोरिकाण्ड मौंलाउदै,


बिराटनगर,फागुन ९ गते । रातो तारा डट कम,अहिले नेपालका पूर्वी नाकाहरुबाट पेट्रोलियाम पदार्थको चोरी निकासी निकै मौलाउदै आएको पाइन्छ । बिरगन्ज, बिराटनगर, इाापाका सीमा वर्ति क्षेत्रबाट नेपाल तिरबाट डिलरहरुकै सहयोगमा बोकेर भारत तिर लैजानेहरुको संख्या लोकल स्थरमा पनि बढदै गएको जानकार हरुले बताउदैछन ।

भारतको बरौनिबाट आउने इन्धन पेट्रोलियाम पदार्थ त्यहाँ लोड भइसके पछि भारतिय आयल निगमले सिल गरेर पठाउने गरे त्यो सिल तोडेर तेल भारतमै बिकृ गरी नक्की सिल लगाएर ल्याएकै भरमै भन्सारमा चेक जाच नै नगरी ट्याकर नेपाल आउन दिने गरेकोले अहिले तेलमा व्यापक तस्करी हुन थालेको हो ।

अहिले भारतबाट आउने ट्याकर भरि र खालि आउने गरेका छन तर भन्सारमा जाच नहुने भएकाले त्यस्तो कुरामा आयलिगमका कर्मचारीको नै संग्न भएको पाइन्छ ।

आय निगमका कर्मचारी र डिलरहरुको सांठ गाठमा तेलका ट्यकर आयल निगमले बिराटनगर आए पछि पनि नहेर्ने र सिधै डिलरले मागेको परिणामको तेल बाहिर बाहिरैबाट पठाउने गरेकाले तेल भारत मै बिकृगरेर ट्याकर आयल निगम बिराटनगरमा हाजिर गराउन मात्र ल्याएका हुन्छन ।

भारतमा इन्धन लोड गरेर भारतमै तेल बेचेर खालि पारेर ल्याएका ट्याकर ढुहानी व्यावसायी र डिलरले कागज पत्र मिलाइ सोहि दिन तेल भर्न फेरी आयल निगमको परमिट पाए पछि भारतको बरौनि पठाउने गरेको पनि पाइएको जानकारहरुले बताउदै आएका छन ।

नेपाल आयल निगमका प्रवक्ता बीरेन्द्र गोहित दिएको जानकारी अनुसार जोगवनी पारी भारतमा डिजल प्रति लि, २८ रुपैयाँ र पेट्रोल प्रति लि २२ रुपैयाँले नेपाल भन्दा महगो भएकाले पनि छिट फुट यस्तो भएको हो भनेका छन । आयल निगमले छिटै दोहोरो ट्याकरमा सिल लगाउने र बिराटनगरमा आए पछि मात्र हेरेर सिल खोल्ने प्रावधान अपनाउन लागेको जानकारी गराउनु भयो ।

अहिले पेट्रोल,मट्टितेल,हवाई इन्धन,देश भरी करिव ७५ करोड रुपैया बरावरको खपत भईरहेकोछ । त्यसैगरी,दैनिक डिजल ४५ लाख लि, मुल्य ३७ करोड ३५ लाख,प्ट्रोल १५ लाख लि मुल्य १५ करोड ५० लाख, मट्टीतेल २ लाख लि मुल्या १६ करोड ६० लाख हवाइ इन्धन देनिक ७ लाख लि मुल्य ६ करोड ६५ लाख बरावरको देखिक खपत भइरहेको बताउनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.