Websoft University

भोटेकोशीमाथिको लार्चा बेलीब्रिज निर्माण नसकिदै भाँचिएको छ













सिन्धुपाल्चोक,फागुन ९ गते । रातो तारा डट कम,नेपाल चीन सीमा जोड्ने भोटेकोशीमाथिको लार्चा बेलीब्रिज निर्माण नसकिदै भाँचिएको छ । गएको साउनमा आएको पहिरोले लार्चा पुल भाँचिएपछि सरकारले तत्कालै उक्त स्थानमा बेलीब्रिज निर्माण सुरु गरेको थियो ।

पुल भाँचिएको लामो समयसम्म पनि ठेकेदारको बेवास्ताका कारण पुल निर्माण सम्पन्न भएको थिएन ।स्थानीयले पुल छिटो सक्न ठेकेदारलाई आग्रह गरेपछि बेलीब्रिजको निर्माण कार्य अन्तिम चरणमा पुगेको थियो ।

‘पुलको निर्माण कार्य केही दिनमै सम्पन्न हुने तयारीमा थियो तर भाचियो ।’ भोटेकोशी गाउँपालिका(१ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने । ठेकेदारको लापरवाहीका कारण पुल भाँचिएको वडा अध्यक्ष श्रेष्ठले बताए । पुल निर्माणको जिम्मा बन्धन भगवती निर्माण कम्पनीले पाएको थियो ।

यस अघिको ९० मिटर मोटरवेबल पुल भाँचिएपछि त्यसैको नजिकै ५० मिटरको बेलीब्रिल निर्माण कार्य भइरहेको थियो ।बेलीब्रिजको दुवै तर्फको बिम राख्न बनाएको फाउण्डेशन कमजोर भएकाले पुल भाँचिएको स्थानीय भैरवकुण्ड युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

‘दुवै तर्फको वाल नै कमजोर थियो’,श्रेष्ठले भने,’हामीले ठेकेदारलाई बलियो बनाउन पर्छ भनेर पटक पटक भनेपनि वास्ता नगर्दा आज यो अवस्था आएको हो ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलका उमेदवारहरुले यो पुल आफूहरुको पहलमा ल्याएको दाबी गर्दै आएका थिए ।

यसअघि जुरेमा पहिलो जाँदा नेपाली सेनाले एक महिनाको बिचमा स्थानीय सुनकोशी खोलामाथी बेलीब्रिज जडान गरेपनि यहाँ भने निर्माण सुरु भएको साढे ६ महिनामा पनि पुल निर्माण सकिएको छैन । अनलाइन बाट

पुल भाँचिएपछि सीमा क्षेत्रका स्थानीय लामो समयदेखि हिँडेरै आवतजावत गर्न बाध्य छन् । बन्द रहेको तातोपानी नाका सञ्चालन गर्नै चर्चा चलिरहेको बेला नाका जोड्ने पुल भाँचिएपछि नाका सञ्चालनमा समस्या हुने देखिएको छ ।

यस क्षेत्रका सासंद अग्नि सापकोटा भने पुल भाँचिनु दुखद भएको भन्दै यसलाई तत्कालै पुनर्निर्माण गर्न आफूले सम्बन्धित पक्षको ध्यानआर्कषण गराउने बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.