Websoft University

ऐन विपरीत शिक्षक नियुक्ति गरेको भन्दै शिक्षक संघले बुझायोे गाउँपालिकालाई ज्ञापन पत्र


तेह्रथुम, फागुन ९ गते । रातो तारा डट कम,तेह्रथुमको आठराईमा ऐन विपरीत अस्थाई शिक्षक करारमा नियुक्ति गरेको भन्दै नेपाल शिक्षक संघ आठराईले आठराई गाउँपालिकामा ध्यानकर्षण सहितको ज्ञापन पत्र मंगलबार बुझाएको छ ।

शिक्षा सम्बन्धि अधिकार स्थानीय, प्रदेश र केन्द्र तीनै तहमा स्पष्ट नभएकाले शिक्षक नियुक्तिको विषयमा स्थानीय तहले अहिले हतार नर्गन शिक्षक संघले गाउँपालिकालाई अनुरोध गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा २ को “ज” मा आधारभूत र माध्यमिक शिक्षा सम्बन्धि केही विषयमात्र स्पष्ट भएको र अस्थाई शिक्षक नियुक्तिको विषय उल्लेख नभएको गाउँपालिकाले शिक्षक करारमा नियुक्ति गर्नु ऐन विपरीत भएको शिक्षक संघले ठहर गरेको ज्ञापनपत्र बुझाएको हो ।

शिक्षा ऐन, कानुन र प्रदेश सँगको कानुनी तलमेल प्रकृयामा नपुगी विद्यालय र विद्यालय व्यावस्थापन समितिको अधिकार वेवास्तगरी ऐन विपरीत भएको कार्य प्रति गम्भिर ध्यानकर्षण भएको छ ।, उक्त ज्ञापन पत्रमा भनिएको छ, शिक्षक नियुक्ति, रोष्टर छनौट तथा प्रकृया स्वेच्छाचारी नभई स्पष्ट कानुनी आधारमा र निश्पक्ष ढंगबाट गर्न संघले अनुरोध समेत गरेको छ ।

शैक्षिक विकासको सवालमा नेपाल शिक्षक संघ क्रियाशिल भएकाले आवश्यक सहकार्य र समन्वयक नभए आन्दोलित हुन सक्ने ज्ञापनपत्रमा उल्लेख गर्दै शिक्षक संघ आठराईका अध्यक्ष विरेन्द्र कन्दङवा र सचिव अमृतकुमार बास्तोलाले संयुक्त हस्ताक्षर गरी ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझदै आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले जनप्रतिनिधि र जिल्ला शिक्षा कार्यलय सँगको छलफलबाटै शैक्षिक क्षेत्रको गतिविधि अघिबढाएकोले ऐन विपरीत नभएको जिकिर गर्नुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.