Websoft University

कारागारका कैदी–बन्धीहरुले टोपी,मुुढा बनाएर घर खर्च जुटाउछन


कुमोद अधिकारी-विराटनगर, फागुन ९ गते ।
रातो तारा डट कम,हातमा सिप र जागर भए जहाँपनि आम्दानी गर्न सकिन्छ भन्ने उदारण मोरङ कारागारका कैदीहरुले दिएका छन । विराटनगर स्थित कारागारका कैदी–बन्धीहरुले टोपी,मुुढा तथा फनिर्चर बनाएर घर खर्च जुटाएका हुन् ।
व्यववसाय संचालन गरेर आएको रकम घर खर्चका लागी पठाउने गर्दछन । आय श्रोत जुुटाएको रकमले उनीहरुलाई घरखर्च चलाउन सजिलो भएको छ भने अर्कोतिर वृद्धाआश्रमलाई समेत केहि रकम दान गर्ने गरेका छन ।

व्यवसायका लागि प्रशासनले व्यवस्थापन गरेपछी कैदीहरुले कारागारवाटै सिप मुुलक व्यवसाय संचालन गरेर जिविकोपार्जन गरिरहेका छन् ।

कारागरामा सिप भएका कैदीहरु व्यवसायमा संलग्न छन भने सिप नजान्ने कैदीहरु सिप सिक्न व्यस्त छन । कैदीहरु सामुुहिक रुपले व्यवसाय संचालन गरेर आम्दानी गरिहेका
छन । कारागारमा सजाय भोगी रहेकाहरु सिप सिक्दै व्यावसायीक बन्दै छन् ।

कारागारमा मुुढा व्यवसायमा लागेका तिर्थ दाहाल मुुढा विक्रीबाट आएको रकम परिवार धान्न सहयोग पुुगेको बताउछन् ।मुुढा विक्री गरेर आएको रकम परिवारमा पठाउने गरेको उनको भनाई छ । प्रशासन अनुुसार कारागार भित्र तीन सय भन्दा बढी कैदीहरु टोपी वुुन्ने तथा मुुढा र फर्निचर बनाउने पेशामा सलग्न छन ।

कालिबहादुुर राई विगत पाँचवर्ष यता कारागरामा टोपी बुुन्ने व्यवसायमा संलग्न छन् । प्रशासनको सहयोगका कारण व्यवसाय संचालनमा निकै सहयोग पुुगेको उनको भनाई छ ।आफुसँग जागर र सिप भएका कारण टोपी बुुन्ने काम गरेको र टोपी वुुनेर आएको रकमबाट घरखर्च पठाउने गरेको सुनाउँछन्।

पेशामा संलग्न एकजना कैदीले मासिक १० देखि १२ हजार रुपैयासम्म आम्दानी गर्छन् । कैदीहरुले मासिक डेढसय मुुढा तथा हप्तामा आठसय टोपी र अर्डर अनुुसारको फर्निचर बनाउने गर्दछन । व्यवसायकालागि स्थानिय स्तरबाटै कच्चापर्दाथ उपलव्ध हुुने गरेको कारागारका चौकिदार अभिषेक गिरीले जानकारी दिए ।

मूढा बनाउन प्रयोग हुुने बाँस तथा टोपी बनाउन चाहिने धागो तथा फर्निचरकालागि चाहिने काठ स्थानिय बजारवाट उपलव्ध हुने गरेको जानकारी दिए । कारागारमा उत्पादीत बस्तुहरु गुुणस्तरीय र मौलिकपन भएकाले त्यस्ता वस्तुुहरुको माग वजारमा बढेको छ ।

टाढा–टाढाका व्यापारीहरु समेत कारागारमै आएर तयार पारिएका समानहरु खरिद गरेर लाने गरेका छन् । यसरी बनेका समानको बिक्रीकालागि कारागार प्रशासनले सहयोग पुु¥याउदै आएको छ । कैदीहरुको सिपलाई देखेर कारागारमा गार्मेन्ट संचालन गर्ने तयारी भइरहेको कारागार प्रमुुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

उनले कारागारका कैदीहरुको सिप र जागरलाई देखेर गार्मेन्ट संचालनका लागि केन्द्रमा पहल गरेको र त्यसका लागी केन्द्रपनि सकारात्मक रहेको बताए । कारागारमा वनेका टोपी मुुढा तथा फर्निचरका समानहरु धरान काठमाडौं तथा स्थानिय वजारमा जाने गरेको छ ।

कारागार प्रशासनले व्यवसाय संचालनलागि सहयोग पुु¥याएपछि घरबाट टाढा र विरक्तीएका कैदी बन्दीहरुलाई समय काट्न सहज भएको छ भने अर्को तर्फ आउने आम्दानीले परिवार धान्न समेत सजिलो भएको छ ।
तस्वीर( पुष्पराज थपलिया रखबर पूर्वाञ्चल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.