Websoft University

प्रदेश नं १ मा पाँच सदस्यीय मन्त्रिमण्डल गठन


विराटनगर,फागुन ३ गते । रातो तारा डट कम,प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम चार जना मन्त्रीलाई नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री राईले हिक्मत कार्कीलाई आन्तरिक मामिला तथा कानुन, इन्द्रबहादुर आङ्बुहाङलाई आर्थिक मामिला तथा योजना, जीवन घिमिरेलाई सामाजिक विकास र जगदीश कुशियैतलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री राईले भौतिक तथा पूर्वाधार, भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय आफैसँग राख्नुभएको छ ।

नवनियुक्त मन्त्रीको शपथ 
मुख्यमन्त्री राईको शपथ ग्रहणलगत्तै प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । सो अवसरमा प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालालगायत उच्चपदस्थ कर्मचारी, वरिष्ठ सुरक्षा अधिकारी, प्रदेशसभा सदस्यलगायत सर्वसाधारणको उपस्थिति थियो ।

आजै प्रदेश नम्वर १ का मुख्य मन्त्रीले आफनो पद बहाल गरिसकेपछि, मन्त्री परिषदको बैठक बस्यो । त्यसैगरी अन्त्यमा कर्मचारीहरुलाई निर्देशन र पत्रकार सम्मेलन गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.