Websoft University

विराटनगर उत्कृष्ठ महानगरकारुपमा पुरस्कृत


बिराटनगर, फागुन ३ गते । रातो तारा डट कम,नगर विकास कोषले ऋणप्रवाह गरेका देशभरिका नगर मध्ये
विराटनगर महानगरपालिका उत्कृष्ठ महानगरको रुपमा छनौट भएको छ । कोषको लगानीमा निर्माण भएका
आयोजनाहरुको सफल कार्यान्वयन,सञ्चालन तथा व्यवस्थापन गर्न सकेको भन्दै विराटनगर महानगर पुरस्कृत भएको हो ।

कोषले बुधवार साझ काठमान्डौमा एक कार्यक्रमका वीच सम्मान समेत गरेको छ । कोषको ३० औ
बार्षिकोत्सव समारोहमा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सो सम्मान हस्तान्तरण गर्नु भएको थियो ।

कोषले विराटनगर महानगर सहित भरतपुर महानगर,शिद्धार्थ नगरपालिका र धरान नगरपालिकालाई समेत सम्मान गरेको हो ।

यी शहरहरुमा नगर कोषले ऋण प्रवाह गरेको छ ।
विराटनगरको बसस्टेन्ड निर्माणका लागि ८ करोड ४७ लाख
रुपैया र सडक क्षेत्रको विकास निर्माणका लागि पनि कोषले
कुल लगानीको ११ प्रतिशत रकम लगानी गरेको छ ।

कोषको लगानीमा निर्माण भएका आयोजनाहरुको
सफल कार्यान्वयन,सञ्चालन तथा व्यवस्थापन गर्न सकेको
भन्दै महानगर पुरस्कृत भएको विराटनगर महानगरका मेयर
भीम पराजुलीले जानकारी दिनु भयो ।

उहाँले आफ्नो कार्यकालमा पाएको उपलव्धीवाट अझ
उत्साहित भएको प्रतिक्रिया दिदै नगरको विकास निर्माण
कार्यमा अझ सक्रिय भएर लाग्ने बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.