Websoft University

सन्चार क्लबद्वारा ४ जना पत्रकार पुरस्कृत


उर्लाबारी माघ २८ गते । रातो तारा डट कम,मोरङको उर्लाबारीस्थित सञ्चार क्लब नेपालले आइतबार पुर्बी मोरङमा सकृय ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।  क्लवको १४ औं अधिवेशनका अवसरमा  गोरखापत्र दैनिकका हरि कोइराला, राष्ट्रिय समाचार पत्रका केदार चौहान र रेडियो सुनाखरी कि  रञ्जना बुढाथोकीलाई पुरस्कृत गरेको हो ।

कोइराला र चौहानले यस बर्षको लिला–गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार राष्ट्रिय समाचारपत्रका सम्पादक केदार चौहान र गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरि कोइरालालाई प्राप्त गरे ।

स्थानीय समाजसेवी जयधर्म आचार्यले आफ्नी स्व. आमा लीलादेवी र स्व. धर्मपत्नी गोमाको संयुक्त नामबाट पुरस्कार स्थापना गरेका हुन् । दुबैं पुरस्कारको राशी जनही पाँच हजार नगद र सम्मान पत्र रहेको छ ।

खड्का र बुढाथोकिले यस बर्ष दाताराम पद्यमादेबी खतिवडा स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका हुन ।   उक्त पुरस्कार सञ्चार क्लवका पूर्व अध्यक्ष दुर्गाप्रसाद खतिवडाले स्वर्गिय बुवा दाताराम र आमा पद्यमादेबीको स्मृतिमा क्लव मार्फत बर्षेनी प्रदान गर्दै आएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खडग फागोले पुरस्कृत पत्रकार लाई सम्मान पत्र र दोसल्ला ओढाउनु भयो ।

क्लबका अध्यक्ष घनस्याम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासङ मोरङ्का अध्यक्ष बन्धु पोखरेल,उपाध्यक्ष शुसिला पाठक, प्रेस युनियनका मोरङ अध्यक्ष मिनकुमार नबोदित, प्रेस चौतारी जिल्ला सचिब सुदिप कोइराला,उवासङ उर्लाबारी अध्यक्ष भरत भट्टराई लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको सन्चालन महासचिब नवराज भट्टराईले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.