Websoft University

२७ औँ अख्तियार दिवस मनाइयो



पोखरा,माघ २८ गते रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औँ स्थापना दिवसका अवसरमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरियो । पोखरा बृहत् सरसफाइ अभियान र अख्तियार कार्यालय, पोखराद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा पोखरा प्रवेशद्वार चाइनापुलदेखि पृथ्वीचोकसम्म सरसफाइ गरिएको थियो ।

कार्यक्रममा अख्तियार कार्यालय, सुरक्षा निकाय, सडक विभाग, महानगरपालिका, उद्योगी व्यवसायी, विभिन्न विद्यालयका विद्यार्थी, आमा समूह, टोल विकास संस्था, युवा क्लबलगायत र सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रदेशका अख्तियार प्रमुख यदु पन्थी, बृहत् पोखरा सरसफाइका अभियन्ता रामबहादुर पौडेललगायतले प्राकृतिक सौन्दर्यले भरिपूर्ण शहर पोखराको सरसफाइमा स्थानीयवासीको महत्वपूर्ण भूमिका रहने जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.