Websoft University

किसानका हितमा काम गर्नुपर्ने : प्रचण्ड

चितवन, माघ २८ गते । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जहाँ पनि जसरी पनि’ विदेशी लगानी भित्रिन थाल्यो भने हामी सबै विस्थापित हुनेछौ भन्नुभएको छ ।

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको १४ आै साधारणसभा तथा आठौं अधिवेशन एवं संघको भवन शिलन्यास समारोहलाई सनिवार रामनगरमा सम्बोधन गर्नुहुदै उहाँले विदेशी निर्भरताले नेपालको राष्ट्रिय अर्थतन्त्र धरासायी हुने र सम्पूर्णरुपले विदेशीको कब्जामा जाने खतरा बढ्ने हुँदा सबै क्षेत्रमा विदेशी लगानी भित्रिन नहुने विचार व्यक्त गर्नुभयो।

उहाँले अहिलेको विश्वव्यापीकरणको दुनियाँमा कुनै खास क्षेत्रमा विदेशी लगानी ल्याएन भने पनि अर्थतन्त्रले गति लिन नसक्ने र त्यसमा जीवन्तता हुननसक्ने बताउनुभयो ।

हालै सम्पन्न निर्वाचनमा प्रगतिशील वामपन्थी गठबन्धनका पक्षमा अनि स्थायित्व र संमृृद्धिको पक्षमा जनमत प्रकट भएको भन्दै उहाँले त्यसैअनुरुप सरकारले राष्ट्रका तर्फबाट किसान हक हितका पक्षमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंगो राष्ट्रको संमृृद्धि तर्फ र नयाँ यात्रातिर नेपाल जाओस् भन्ने मेरो चाहना छ ।”

राज्यले नीति र ऐन कानून, नियम निर्दे्शिकामा सुधार गर्ने कुरामा ध्यान पु¥याउन नसकेको उहाँले बताउनुभयो । सो अवसरमा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले १५ वर्ष देखिनै नेपाल पोल्ट्रीमा आत्मनिर्भर भएको भन्दै आत्मनिर्भरलाई निरन्तरता दिन रु १०-१५ अर्ब वार्षिक लगानी थप्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.