Websoft University

हाती पाइले रोग नियान्त्रर्ण सम्वन्धि पत्रकारहरू संग अन्तरकृया कार्यक्रम सम्पन्न


बिराटनगर, फाग’न ६ गते । रातो तारा डट कम,नेपाल सरकार स्वास्थ्य सेवा बिभाग इपिडिमियोलोजी तथा रोग निवारण कार्यालय टेकु काठमाण्डौं र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सयुक्त आयोजनामा पत्रकारहरू संग अन्तरकृया कार्याक्रम भएको थियो ।

अन्तर कृया कार्याक्रममा कार्याक्रमका प्रमुख अतिथि मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख प्रशासक चन्द्र देव मेहताले परिवार नियोजन मातृ सिसु सुरक्षा शिक्षा, हाती पाइले रोग निवारणका बारेमा चर्चा गर्दै, अहिले विश्वमा १२ करोड मानिस यो रोग बाट प्रभावित भएको जानकारी गराउनु भयो ।

यो सरूवा रोग भएकाले सचेत रहन आग्रह गर्दै,कयुलेक्स जातको पोथी संक्रमित लामखुट्टेले मानिसलाई टोके पछि यो रोग लाग्ने भन्दै,नेपाल भरिनै प्रभावित भए पनि मोरङ लगाएत ६१ जिल्लामा हाती पाइले रोग देखा परेकोछ भन्नु भयो ।

१९९७देखि २०२० सम्ममा  निर्मुल पार्ने लक्ष्य राखिएको भए पनि अहिले मोरङमा ८.६ प्रतिशतमा इाारेको जानकारी गराउनु भयो ।

सरकारले कालाजार हाती पाइले निवारणमा सरकार लागि परेको भन्दै,रोग लागेका लाई रोग नियान्त्रण लाग्नै नदिनलाई खोप कार्याक्रम पनि सन्चालनमा ल्याएको बताउन’ भयो ।

अन्त्यमा यहि फागुन १२,१३,१४,गते हाती पाइले रोगको खोप खुवाइदैछ, यो मितिमा सबैले खान लाई आग्रह गर्दै भन्नु भयो हाती पाइलेको औषधि खादा कुनै असर नपर्ने भएकाले ढुक्क भएर खान सबैलाई आग्रह गर्छु भन्नु भयो ।

मोरङमा महानगरपालिकाका वडाहरू र गाउँपालिकाहरू समेत गरि करिव ९ सय ४८ जना प्रभावित भएका छन, भने हाती पाइले को खोप खुवाउन ४ हजार ४ सय स्वास्थ्या कर्मीहरू परिचालन हुने र ६ गते बाटै प्रचार प्रसार तालिम गोष्ठि भईरहेकोछ,५ गते देखि ८ गते सम्म महानगरका वडा स्थरिय तालिमहरू सन्चालन हुने छ भन्नु भयो ।

हाती पाइले खोप कार्याक्रम सन्चालन गर्न १ करोड ७७ लाख ३२ हजार खर्च हुने भएकोछ ।

त्यसगरी जनस्वास्थ्य महाशाखा सुचना केन्द्र टेकुका डा. शशि  कडेल प्रस्तुति शिशु सेवा न्यानो झाोला हेल्थ केयर नवजात सिसुका बारे जानकारी गराउन भयो ।

लोकराज पाण्डेले पनि शिशु स्वास्थ्यका बारे चर्चा गर्नु भयो।
राष्ट्रिय सुचना तथा सन्चार केन्द्र टेकुकी सुबेक्षा श्रेष्ठले परिवार नियोजन मातृ शिशु कंन्डम शिशु सेवा का बारेमा पत्रकार हरूलाइ जानकारी गराउनु भयो भने हेम सिवाकोटीले कार्यक्रम सन्चालन गर्नु भएको  थियो।
कार्यक्रम नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षता भएको  थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.