Websoft University

एभरेष्ट विज्ञान तथा कला प्रदर्शनी

पथरी, फागुन ६ गते । विद्यार्थीहरुको सिर्जसिल क्षमताको बिकास गर्ने उदेश्यले मोरङ पथरीशनिश्चरे
नगरपालिका स्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक विद्यालयले आयोजना गरेको विज्ञान तथा प्रदर्शनी कार्यक्रममा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

आइतबार विद्यालय परिषरमा विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो । कला प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक स्मार्टसिटी, बोटानिकल गार्डेन,रोबर्ट, पानीबाट चल्ने हाइड्रोलिक जेसीबी, डोजर, विज्ञान सम्बन्धी विभिन्न सामाग्री, खेति किसान र घरमा आवश्यक विभिन्न सामाग्री प्रदर्शनीको लागि राखिएको
थियो ।


कक्षा १२ का विद्यार्थीहरुले होलोग्राम, ३डी फिल्म समेत प्रदर्शनी भएका थिए ।
प्रदर्शनीमा राखिएको मध्ये बोटानिकल गार्डेन र स्मार्टसीटी दर्शकहरुले निक्कै मन पराएको विद्यालय सञ्चालक रबिन कन्दङ्वाले बताए ।

पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका जाँते लगायतको १० वटा निजी
विद्यालयबाट आएका विद्यार्थीहरु र एभरेष्टमा अध्ययनरत विद्यार्थी तथा अविभावक गरी पाँच हजार बढीले प्रदर्शनी अवलोकन गरेको प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताए ।
कक्षा य७३घढसकेजी देखि १२ सम्मका विद्यार्थीले निर्माण गरेका सिर्जनाहरु २३ वटा स्टलमा राखिएको थियो ।

हेरिसकेपछि भिजिटरहरु मार्फत स्टललाई भोट दिने व्यवस्था
मिलाइएको थियो । भोटिङको आधारमा उत्कृष्ट स्टललाई प७३घढसरस्कृत गरिने सञ्चालक रविन कन्दङ्वाले बताए ।
विद्यालयको ३२ औ बार्षिक उत्सवको अवसरमा आयोजित तीनदिने कार्यक्रमको पहिलो दिन अविभावकवीच खेलक७३घढसद, दोस्रो दिन विज्ञान कला प्रदर्शनी र अन्तिममा बृहत साँस्कृतिक
कार्यक्रम ह७३घढसने भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.